वालिङ र कालीगण्डकीमा भोलि चुनाव हुने ।

प्रकाशित मिति:

स्याङ्जा । नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत आजबाट पालिका अधिवेशन शुरु भएको छ ।जिल्लाका ११ वटै पालिकामा आज अधिवेशनको औपचारिक शुभारम्भ गरिएको छ । पालिकाहरुको नतिजाा धमाधम आईरहेको छ ।यता वालिङ नगरपालिकामा भोलि बिहान ८ बजेबाट चुनाव हुने भएको छ ।

आज सहमतीको प्रयास भएकाले केही ढिलाई भएको निर्वाचन समितिले जनाएको छ ।४५१ मतदाता रहेको वालिङमा भूपराज बगाले र नेत्र प्रसाद पाण्डेको प्यानल नै चुनावी मैदानमा रहेको छ ।त्यस्तै कालीगण्डकी गाँउपालिकामा पनि सहमतीको प्रयास जारी रहेको छ । १६१ जना मतदाता रहेको पालिकामा १२ जना सभापतिका उमेद्वार रहेकाछन् ।कालीगण्डकीमा सहमतीको प्रयास जारी रहेको नेविसंघका महामान्त्री युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुशार सहमतीको लागि बोर्ड बनाउने र सबै पदमा टुंगो लगाउने तयारी भईरहेको छ । सहमती नभएमा भने पालिकामा १० बजेबाट चुनाव गर्ने तयारी रहेको छ ।