नेपाली कांग्रेस भीरकोट नगर सभापतिमा अधिकारी विजयी

प्रकाशित मिति:

वालिङ । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत आजदेखि गाउँ÷नगर अधिवेशनमा जिल्लामा आज भएको निर्वाचनमा भीरकोट नगरपालिकाको नगर सभापतिमा याम प्रसाद अधिकारी लक्ष्मण विजयी हुनुभएको छ ।आज सम्पन्न भएको निर्वाचनमा १०० मत प्राप्त गरी यम प्रसाद अधिकारी विजयी हुनुभएको हो । अधिकारीका प्रतिस्पिर्धी दिपेन्द्र केसीले ९९ मत प्राप्त गर्नु भएको छ ।

दुई सय चार मतादाता रहेको भीरकोट नगरपालिकामा सबै मत खसेको थियो छ भने पाँच मत बदर भएको छ । त्यस्तै उपसभापतिमा बिष्णुमाया काफ्ले ९२ र जगदिश प्रसाद कोईराला १०४ मत ल्याई बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा नन्दलाल खनाल ११२, तारा प्रसाद अर्याल ११८ तथा सहसचिव प्रसुन मगर ११४, शुसिल खाँण ९१ निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ ।