नेपाली कांग्रेस गल्याङ नगर सभापतिमा श्याम प्रसाद बस्याल निर्वाचित ।

प्रकाशित मिति:

गल्याङ : नेपाली कांग्रेस गल्याङको सभापतिमा श्याम बस्याल निर्वाचित हुनु भएको छ । आज सम्पन्न भएको निर्वाचनमा १८२ मत ल्याउदै बस्याल निर्वाचित हुनु भएको हो । उहाँका प्रतिस्पिर्धी हरि खनालले ६७ मत प्राप्त गर्नु भएको छ ।

गल्याङमा २५३ मत खसेको थियो । भने ४ मत बदर भएको थियो ।यस्तै उपसभापतिमा भेक प्रसाद श्रेष्ठ १४० र प्रेम बहादुर गुरुङले २०७ मत ल्याइ बिजयी हुनु भएको छ । त्यस्तै सचिवमा खगेन्द्र भण्डारी १७५ र कृष्ण प्रसाद भट्टराई १६६ मत ल्याई बिजयी हुनु भएको छ ।