आईपीएलमा पन्जावको जित

प्रकाशित मिति:

काठमाडौँ-आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ ।सारजाहमा शनिबार राति भएको खेलमा सनराईजर्स हैदरावादलाई ५ रनले हराएको छ ।

पन्जाबले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको हैदरवादले २० ओभरमा ७ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो ।हैदरवादका लागि जासन होल्डरले अविजित ४७ रन बनाए । रिद्दिमान शाहले ३१ रन जोड्दा मनिस पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए।यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ७ विकेट गुमाएर १ सय २५ रन बनाए ।

पन्जाबका लागि एडिन मार्क्रमले २७ रन जोड्दा केएल राहुलले २१ रन बनाए । हरप्रित अविजित १८ रन बनाए ।जितसँगै ९ खेलमा १० अंक जोडेको पन्जाब तेस्रो स्थानमा उक्लिएको छ । पुछारमा रहेको हैदरावादको ९ खेलमा २ अंक छ ।