बर्दघाटको कांग्रेस सभापतिमा जिसी विजयी

प्रकाशित मिति:

बर्दघाट- असोज । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज पश्चिम नवलपरासीको बर्दघाटमा पनि नगर अधिवेशन सम्पन्न भएको छ । नगर अधिवेशनमा नेतृत्वको लागि दुई प्यानल प्रतिस्पर्धामा उत्रेका थिए । नगर सभापतिको लागि शम्भुलाल श्रेष्ठ र दामोदर जिसीबीच प्रतिस्पर्धा भएको थियोे । आज भएको निर्वाचनबाट जिसी नगर सभापतिमा निर्वाचित हुनुभएको छ ।

कण्डेल पक्षका श्रेष्ठलाई पराजित गर्दै खनाल पक्षका जिसी विजयी हुनुभएको हो । जिसीले १९३ र श्रेष्ठले १३५ मत प्राप्त गर्नुभएको थियो । जिसीको प्यानलबाटै नगर उपसभापतिमा मञ्जु शर्मा चालिसे १९१ र होमराज कुँवर १८६ , सचिवमा कृष्णप्रसाद काफ्ले १८७, हेमबहादुर क्षेत्री १८५ ,सहसचिवमा रिना गौचन गुरुङ १९८ र फणेन्द्र चौधरी १९३ मतका साथ विजयी हुनुभएको छ।
नगर अधिवेशनमा ३२८ जनाले मतदान गरेको निर्वाचन अधिकृत सञ्जय शर्माले जानकारी दिनुभयो ।