लेडिज सर्कल नेपालले अमारी आधारभुत माविमा ३ वटा कक्षाकोठा र एउटा शौचालय निर्माण गरि सहयोग गर्ने

प्रकाशित मिति:

महिलाहरुको स्वयंसेवी संस्था लेडिज सर्कल नेपालले रुपन्देहीको एक विद्यालयलाई सहयोग गर्ने भएको छ । लेडिज सर्कल नेपालका देशैभरी ७ वटा शाखा रहेका छन् ।संस्थाले लुम्बिनी सांस्कृतिक नगरपालिका–४ स्थित अमारी आधारभुत माध्यमिक विद्यालयमा ३ वटा कक्षाकोठा र एउटा शौचालय निर्माण गर्ने भएको हो । विद्यालयमा ३ सय ५० बढी विद्यार्थी अध्ययनरत छन् ।समाजमा पछि परेका र कम सुखी तथा सहयोगको आवश्यकता भएका समुदायको आवश्यकता भएका समुदायको लागि सहयोगी भुमिका खेल्दै आइरहेको संस्थाले शैक्षिक विकासको लागि विद्यालयमा सहयोग गर्ने अध्यक्ष आरती अग्रवालले बताइन् । संस्थाले सञ्चालन गरेको चिठ्ठा योजना मार्फत कोष अभिवृद्धि गरी सहयोग गर्न लागेको अग्रवालले जानकारी दिइन् । उनले संकलित २० लाख २९ हजार रुपंैयाबाट विद्यालय तथा बालमस्तिक पक्षघातबाट ग्रसित भएका बालबालिकालाई समेत सहयोग गरिने बताइन् ।

शुक्रबार भैरहवामा एक कार्यक्रमका बीच विद्यालयका प्रधानाध्यापक गंगाराम विश्वकर्मालाई सहयोग गर्ने प्रतिबद्धता पत्र हस्तान्तरण गरिएको छ । प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेय, समाजसेवी नारायण प्रसाद अग्रवाल, नन्दलाल गोयन्का, लेडिज सर्कलका अध्यक्ष आरती अगवालले संयुक्त रुपमा प्रअ विश्वकर्मालाई प्रतिबद्धता पत्र हस्तान्तरण गरेका हुन् ।कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले शिक्षाको क्षेत्रमा संस्थाले लगानी गनु आफै्रमा प्रशंसनीय कार्य रहेको बताए । समाजसेवी तथा भैरहवा नमुना मा.वि. व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अग्रवालले सहयोग गर्नु आफैंमा महत्वपूर्ण कार्य रहेको चर्चा गरे । उनले सहयोग गरेर आत्मसन्तुष्टि हुने बताए ।अमारी आधारभुत मा.वि.का प्रधानाध्यापक गंगाराम विश्वकर्माले विद्यालय व्यवस्थापन समितिले २०७५ साल वैशाख देखि नै निमावि तहको सञ्चालन गर्ने निर्णय गरे पनि भौतिक पूर्वाधारको अभावमा सञ्चालन गर्न नसकेको बताए ।सिद्धार्थ लेडिज सर्कलका अध्यक्ष आशु आश्वानीले समाजलाई शिक्षित बनाउने अभियान अन्तर्गत विद्यालयलाई सहयोग गरिएको बताइन् ।