कांग्रेस महाधिवेशनः सिद्धार्थनगर सभापतीमा खड्का विजयी

प्रकाशित मिति:

भैरहवा। नेपाली काङग्रेस रुपन्देही सिद्धार्थनगर नगरपालिकामा सस्थापन पक्षका कोसिस बहादुर खड्का सहित उनको प्यानल बिजयी भएको छ।काङग्रेसको १४ औं महाधिबेशन अन्तरगत भएको गाउँ नगर निर्वाचनमा सिद्धार्थनगरको सभापति सहित पदाधिकारीमा खड्का प्यानल विजयी भएको हो।

सभापतिमा खड्काले १ सय ३९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी सन्जीव शर्मा रेग्मीले ९३ मत र सभापती पदकै अर्का उम्मेदवार सन्जिव गुरुङले २ मत प्राप्त गरे। निर्वाचनमा कुल मत २ सय ४१ खसेको थियो। यस्तै उपसभापतीमा खड्का प्यानलकै देवराज न्यौपानेले १ सय २४ मत र किरण कुमार घिमिरेले १ सय १८ मत प्राप्त गरी बिजयी भएका छन्। उनिहरुका प्रतिद्वन्द्वी गौरब श्रेष्ठले १ सय ४ मत र घनश्याम यादवले ९७ मत प्राप्त गरे। सचिवमा अनिल कुमार केसी १ सय १७ मत र हरिमाया गुरुङ १ सय २१ मत ल्याइ बिजयी भएका छन्। उनिहरुका प्रतिद्वन्द्वी टिकाराम भट्टराईले १ सय ३ मत प्राप्त गरे भने सम्राट थापाले ९९ मत प्राप्त गरे।

सहसचिवमा आदर्श गुरुङ् एडिले १ सय ३९ मत र कृष्ण कुमार चाइले १ सय २३ मत प्राप्त गर्दै बिजयी भएका छन। उनिहरुका प्रतिद्वन्द्वी ओजस शर्माले १ सय १ मत र प्रतीक भन्डारीले ८६ मत प्राप्त गरे। २ सय ४२ जना मतदाता रहेको सिद्धार्थनगर नगर पालिकामा २ सय ४१ जनाले मतदान गरेका थिए।