अधिकारीले दिए हड्खलेलाई बधाई,मतदातालाई धन्यवाद

प्रकाशित मिति:

नेपाली कांग्रेसको व्यास नगर सभापतिमा पराजित भएका डम्बरबहादुर अधिकारीले विजयी सुर्यचन्द्र हड्खलेलाइ बधाई दिएका छन्।
शनिवार मत परिणाम आए लगत्तै अधिकारीले हड्खलेलाई बधाई दिएका हुन्। अधिकारीले आफूलाई मतदान गर्ने क्षेत्रीय प्रतिनिधिलाई धन्यवाद व्यक्त गरेका छन्। शनिबार भएको मतदानमा हड्खलेले २८२ र अधिकारीले १४१ मत प्राप्त गरेका थिए।