जिपी कोइराला फाउन्डेसन अमेरिकाले दोस्रो पटक बाँड्यो शैक्षिक तथा स्वास्थ्य सामग्री

प्रकाशित मिति:

न्युयोर्क- गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टर र न्युयोर्कस्थित ख्यातीप्राप्त हेल्थ ईन्सुरेन्स कम्पनी हेल्थ फर्स्टको संयुक्तआयोजनामा स्थानीय समुदायका करीव १६७ वालवालीका हरूलाई एक समारोहवीच आकर्षक झोला, शैक्षिक सामग्री, स्यानेटाईजरएवं मास्क लगायतका स्वास्थ्य सामाग्रीहरू वितरण गरीयो।स्थानीय समय अनुसार विहान करीव ९ बजे उडसाईड, क्वीन्स ६९ स्ट्रीटको पार्कवाट फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरे एवंपदाधिकारीहरू र हेल्थफर्स्टका पदाधिकारीहरूले संयुक्त रूपमा सो वितरण आरम्भ गर्नुभएको थियो। अपरान्न ३ बजेसम्म संचालित सोकार्यक्रममा स्थानिय डेमोक्रेटिक पार्टीका तर्फवाट न्युयोर्क सिटी ऐसेमब्ली मेम्बर नोमिनी जुली वागं उपस्थित भै कार्यक्रमको सफलताकोशुभकामना व्यक्त गर्नुभएको थियो।

यसैगरी स्थानीय समाजसेवी द्वय लव बुडा मगर र आदित्य महर्जन, नेपाल भिजन ईन्कका अध्यक्ष मोहनकृष्ण श्रेष्ठ, एनआरएन न्युयोर्कच्याप्टरका सचिव वाशु लामिछाने, समाजसेवी तेन्जीगं सेयाड॰, ने।का। युवा नेता राजु रौनीयार र ने।का। महिला नेतृ कमला पन्तको पनीकार्यक्रममा उपस्थिति एवं सहयोग रहेको थियो। फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा, महासचिव छिरीड॰ राप्के लामा, प्रवक्ता एवंकार्यसमिति सदस्य रामचन्द्र अधिकारी, कार्यसमिति सदस्यहरू सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री र स्वंसेवीहरू विहानै देखी कार्यक्रमव्यवस्थापनमा खटीनुभएको थियो।

यस कार्यक्रमलाई शुभकामना दिँदै डेमोक्रेटिक पार्टीबाट सिटीकाउन्सील मेम्बर नोमिनी जुली वागंले यस्तो महान कार्यमा सहभागीहुनपाएकोमा आफु स्थानिय समाजसेवीको हैसियतले अत्यन्त प्रशन्न भएको र भविष्यमा समुदायका हरेक सकारात्मक काममा आफुलेयथासक्य सहयोग गर्ने प्रतिवद्दता जाहेर गर्नुभयो।हेल्थफर्स्टकी कार्यक्रम संयोजक दियानोरा अब्रीयुले आफुहरूले फाउन्डेशनसँग मिली स्थानीय वालवालीकाहरूलाई झोला एवं स्वास्थ्यसामाग्री वितरण गर्नपाएकोमा खुशी व्यक्त गर्दै समाजमा शिक्षा र स्वास्थ्यलाई संयोजन गर्न आफुहरूको यो पवित्र अभियान भएकोजनाउनुभयो।जिपी फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनले सधैं सामाजीक आवश्यकतामा आधारित काममा हात हाल्ने र सो पुरा गर्दैआएको र कोरोनाकहरका बीच पुनस्वालवच्चा हरूलाई प्रशन्न पार्न यो पवित्र कार्यक्रम गर्न पाएकोमा गर्व लागेको र आगामी दिनहरूमाअझै यस्ता कार्यक्रम गर्दै जाने अठोट गर्नुभयो।फाउन्डेशनले यसअघिपनी सेप्टेम्वर १२ का दिन एक विशेष समारोह गरी करीव १२५ वालवालीकाहरूलाई झोला एवं स्टेशनरीसामाग्रीहरू वितरण गरीसकेको र यो वर्षको यो झोला तथा स्टेशनरी वितरण दोस्रो कार्यक्रम भएको कुरा प्रवक्ता रामचन्द्र अधिकारीलेवताउनुभयो।