तिलोत्तमा बहुमुखी सहकारी द्धारा रक्तदान

२१ मंसिर २०७५, शुक्रबार ०   बिचार / प्रतिक्रिया
64 Shares


तिलोत्तमा बहुमुखी सहकारी संस्था लिमिटेड तिलोत्तमा २ मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाको २०औ वार्षिकोत्सबको पावन अवसरमा सहकारिको आफ्नै कार्यलय परिसरमा आयोजित वृहत रक्तदान कार्यक्रममा ६० पोइन्ट रगत संकलन गरिएको सस्थाका अध्यक्ष माधव लाल देवकोटाले बताए ।

नेपाली कांग्रेसका नेता तथा रुपन्देही सचिव रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो रक्तदान कार्यक्रममा स्वयंसेवि रक्तदाता समाज रुपन्देहीका अध्यक्ष तथा नेशनल को अपरेटर्स एलायन्स , रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री , टिएमसी सिस्टर क्लबका अध्यक्ष लगायतका बुद्दिजिबि समाजसेवी तथा युवाहरुको उपस्थिति रहेको थियो। सस्थाका उपाध्यक्ष हरि प्रसाद तिवारीको स्वागतमा शुरु सो रक्तदानमा सस्थाका शेयर सदस्य , शुभचिन्तक एबम समाजका युवायुवतीहरुले रक्तदान गरेका थिए । सो कार्यक्रममा बोल्दै सस्थाका अध्यक्ष देवकोटाले रक्तदान जस्तो महादान कार्यक्रमलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण सदस्य एवं रक्तदातामहानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । सामाजिक क्रियाकलापमा अग्रसर सहकारीले बिगत लामो समयदेखि रक्तदान गर्दै आएको उनले बताए । सस्थाका शिक्षा उप समिति संयोजक लोम किशोर आचार्यको संयोजनमा भएको सो कार्यक्रमको संचालन सचिव पार्बती थापाले गरेकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया