नेकपा एमालेको विधान महाधिवेशन असोज १५ गतेबाट हुने

प्रकाशित मिति:

काठमाडौं-नेकपा एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । विधान महाधिवेशन असोज १५ गतेबाट हुने भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार ललितपुरको गोदावरीस्थित सनराइज हलमा करिब ५ हजार प्रतिनिधिले देशभरबाट भाग लिने भएका छन् । विधान महाधिवेशन असोज १५ गतेबाट ३ दिनसम्म चल्नेछ ।विधान महाधिवेशनमा केन्द्रीय समितिबाट पारित तीनवटा प्रतिवेदनहरु पेस हुनेछन् ।

आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले विधान महाधिवेशनमा पेश गर्नेगरी तीनवटा प्रतिवेदन पारित गरेको छ । जसमाअध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठन निर्माणसँग सम्बन्धित प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित भएको छ ।