लुम्बिनीको सञ्चार विधेयक सच्याउन प्रेस काउन्सिलको आग्रह

प्रकाशित मिति:

१० असोज, लुम्बिनी । प्रेस काउन्सिल नेपालले लुम्बिनी प्रदेशसभामा दर्ता भएको ‘सञ्चारमाध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सच्याउन आग्रह गरेको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसहितको टोलीले आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई भेटी उक्त विधेयकमा प्रस्तावित प्रावधानप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरेको हो ।प्रदेश सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशसभामा दर्ता गरेको सञ्चार विधेयकमा सञ्चारमाध्यम प्रकाशनरप्रसारणमा रोक लगाउने, आचारसंहिता उल्लंघनमा कारबाही गर्नेजस्ता प्रावधानप्रति काउन्सिलले असहमति जनाएको छ ।

त्यस अवसरमा मुख्यमन्त्री केसीले प्रदेश सरकारले बनाउने कानून संविधान र संघीय कानूनसँग बाझिने गरी आएमा स्वतः खारेज हुने भएकाले संघीय सरकारलाई पनि कानून निर्माणमा सहजीकरण गर्न आग्रह गरे ।