मैत्रीपूर्ण फुटबलमा नेपाल ओमानसँग पराजित

प्रकाशित मिति:

काठमाडौँ – मैत्रीपूर्ण फुटबल खेलमा नेपालले ओमानसँग हार व्यहोरेको छ ।कतारको दोहामा आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७(२ को फराकिलो अन्तरले पराजित भएको हो ।

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले फिफा वरीयतामा ९० स्थानको ओमानसँग मैत्रीपूर्ण खेल खेलेको हो ।नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जानेछ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार साफ खेल्ने २३ सदस्यीय टिमको घोषणा गरेका थिए ।

नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।