डिप्रोक्स लघुवित्तको २१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति:

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको २१.५३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।कम्पनीले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि भोलि अर्थात असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारणसभा असोज २३ गते शनिबार चितवन गार्डेन रिसोर्ट भरतपुर चितवनमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको थियो ।साधारण सभाले सञ्चालक समितीद्धारा प्रस्तावित लाभांश अनुमोदन गर्ने छ । कम्पनीको सञ्चालकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७र७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।