फैलिंदै अपराध

प्रकाशित मिति:

अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं १३ मा पाँच बर्षिय वालिकालाइ बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन । शितगंगा नगरपालिका वाड नम्वर १३ सिमलपानी हिटनटोला निवासी पाँच बर्षिय बालिकालाइ बलात्कार गरेको आरोपमा स्थानीय ४० बर्षिय देव वहादुर सुनाखरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज मल्लले जानकारी दिनु भयो । स्थानिय स्कुलमा शिशु कक्षामा अध्ययन गर्ने वालिका स्कुल सकिएपछि घर फर्किने क्रममा शीतगंगा नगरपालिका वडा नं १३ थाप्लेवारी भेँडामारे भन्ने स्थानमा वलात्कृत भएकी हुन । प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको शंकित व्यक्तिलाई पक्राउ गरी ईलाका प्रकरी कार्यलय ठाडामा ल्याई थप अनुसन्धान गर्दा देववहादुरलेनै उक्त घटना घटाएको स्विकार गरेको प्रनाउ मल्लले जानकारी दिनु भयो । जिल्ला स्वास्थ्य कार्यालयमा उपचार पश्चात पिडित वालिकाको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको छ । घटनाका अभियुक्तलाई जिल्ला अदालत अर्घाखाँची बाट म्याद थप गरी थप अनुसन्धान कार्य भैरहेको प्रहरीले जनाएको छ ।