ल्यान्डिङ गियर नखुलेकाले त्रिभुवन विमास्थलमा बुद्ध एयरको जहाज आकस्मिक अवतरण

प्रकाशित मिति:

काठमाडौं, असोज ११ : काठमाडौंबाट विराटनगरका लागि उडेर बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुलेपछि काठमाडौं नै फर्किएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘ट्राफिक डिक्लरेसन कार्यालय’का अनुसार भरखरै उक्त जहाजलाई आकस्मिक अवतरण गराइएको छ ।जहाजमा सवार चालक दलका सदस्य र सबै यात्रु सुरक्षित रहेको कार्यालयले जानकारी दिएको छ ।‘९ एन-एएनआई’ कलसाइनको उक्त जहाज क्याप्टेन एजी शेर्पाको कमान्डमा थियो ।