उधोग वाणिज्य संघ गुल्मीले जिल्ला अधिवेशन गर्ने

प्रकाशित मिति:

रमेश विश्वकर्मा\  उधोग वाणिज्य संघ गुल्मीले पौष २८ र २९ गते २७ औं जिल्ला अधिवेशन गर्ने भएको छ । सदरमुकाम तम्घासमा शुक्रवार बसेको जिल्ला कार्य समितिको बैठकले यस्तो निर्णय गरेको बाणिज्य संघ गुल्मीका महासचिव ताराप्रसाद भुसालले बताउनु भयो ।
बिसं। २०४० सालमा स्थानपना भएको बाणिज्य संघ गुल्मीमा बिभिन्न व्यवसाय गर्दै आएका ५ सय भन्दा वढि सदस्यहरु आबद्ध रहेको महासचिव भुसालले बताउनुभयो ।  अधिबेशन सम्पन्न गर्नका लागि समिति गठन गरिएको बाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रसाद पाण्डेयले बताउनुभयो । अधिबेशनले आगामी ३ वर्ष को लागि नयाँ नेतृत्व चयन गर्नेछ ।