दाह्री काट्न तालिबानको प्रतिबन्ध

प्रकाशित मिति:

असोज, काठमाडौं। अफगानिस्तानको हेलमन्ड प्रान्तमा तालिबानले दाह्री काट्नमा रोक लगाएको छ । दाह्री काट्नु इस्लामिक कानुनको उल्लंघन भएको भन्दै तालिबानले दाह्री काट्नमा रोक लगाउने निर्णय गरेको हो ।तालिबानको धार्मिक प्रहरीले यो नियम पालना नगर्नेलाई सजाय दिइने बताएको छ । अफगानिस्तानको राजधानी सहर काबुलका केही हजामले पनि आफूहरुलाई यस्तै किसिमको निर्देशन प्राप्त भएको बताएका छन् । यो निर्देशनलाइै अफगानिस्तानमा तालिबानको पुरानो शासन पुनःफर्किएको रुपमा बुझिएको छ । यसअघि तालिबानले यसपटकको तालिबानको शासन पहिलाको जस्तो नहुने र कठोर कानुन लागू नहुने बताएको थियो ।

यसअघि शनिबारमात्र तालिबानले व्यवसायीको अपहरणमा संलग्न रहेको आरोपमा चार जनालाई मारेर उनीहरुको शव सार्वजनिक स्थानमा झुण्ड्याएको समाचार आएको थियो ।यस्तोमा तालिबानले पुनः अर्को कडा कानुन लगाउन सुरु गरेको हो । हेलमण्ड प्रान्तको सैलुनबाहिर चेतावनीसहितको सूचना टाँसेर कपाल र दाह्री काट्ने विषयमा शरिया कानुन पालना गर्न निर्देशन दिइएको छ ।काबुलका एक सैलुन चलाइरहेका हजामले आफूलाई पनि तालिबानले फोन गरेर कपाल काट्दा अमेरिकी स्टाइल पालना नगर्न र दाह्री नकाट्न निर्देशन दिएको बताए ।एजेन्सीहरुको सहयोगमा