स्याङ्जामा ११ पालिकाको नतिजा सार्वजनिक

प्रकाशित मिति:

भवानी अधिकारी । स्याङ्जा : नेपाली कांग्रेस स्याङ्जाका एघार वटै पालिकाको नतिजा सार्वजनिक भएको छ। एघार पालिका मध्ये चापाकोट नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हो भने अन्य १० पालिकामा मतदान भयो।पाँच नगरपालिका र ६ गाउँपालिका मध्ये वालिङ् नगरपालिका र कालीगण्डकी गाउँपालिकाको नतिजा गएराती मात्र सार्वजनिक भयो। प्रतिस्प्रर्धी उम्मेदवार र मतदाता संख्या बढी रहेकाले ढिलो भएको हो। अधिवेशनको औपचारिक उदघाटन भने शनिवार नै भएको थियो।

पुतलीबजार नगरपालिकामा सुरजकुमार अधिकारी २ सय ३२ मतका साथ निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी बिक्रान्तकुमार (सुवर्ण) श्रेष्ठले १ सय ८ मत ल्याए।भीरकोट नगरपालिकामा एक मतको अन्तरले यामप्रसाद अधिकारी (लक्ष्मण) निर्वाचित भए। अधिकारीको एक सय मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिपेन्द्र केसीले ९९ मत पाए।वालिङ् नगर सभापतिमा नेत्रप्रसाद पाण्डे विजयी भएका छन्। उनले २ सय ४९ मत पाउदा अर्का उम्मदेद्वार भुपराज बगालेले १ सय ९० मत पाए। कुल ४ सय ४७ जना मतदाता रहेको वालिङमा जम्मा ४ सय ४४ मत खसेको थियो।

गल्याङ नगरपालिकामा १ सय ८२ मतका साथ श्यामप्रसाद बस्याल निर्वाचित भए। उनका प्रतिस्पर्धी हरि खनालले भने ६७ मत ल्याए।यसैगरी, फेदीखोला गाँउपालिकाको सभापतिमा महेन्द्र थापा निर्वाचित भए। थापाको ५२ मत पाउदा उनका प्रतिस्पर्धी लालबहादुर अधिकारीले २५ मत पाए।आँधीखोला गाँउपालिकामा सभापतिका उम्मेदवार नरेन्द्र पौडेलले ६१ मत ल्याए। उनका प्रतिस्पिर्धी नविन ढकालले ४७ मत रहेको छ।अर्जुनचौपारी गाँउपालिकामा बिष्णु काफ्लेले ५८ मत पाउदा उनका प्रतिश्पर्धी बद्री पौडेलले ३४ मत र फनिनारायण अर्यालले २० मत पाए।

बिरुवा गाँउपालिकाको सभापतिमा डोलराज पोख्रेल निर्वाचित भएका छन। पोख्रेलको ७० मत आउदा उनका प्रतिस्पिर्धी युवराज केसीले ६३ मत पाएका थिए।हरिनास गाउँपालिकामा टोपबहादुर भुजेल (टोपा) निर्वाचित भएका हुन। उनले ६१ मत ल्याउदा प्रतिस्पिर्धी बिक्रमबहादुर चन्द (कृष्ण) को ५३ मत थियो।कालीगण्डकी गाउँपालिकासभापतिमा नरबहादुर राना ८१ मत ल्याई बिजयी भए। उनका निकटतम प्रस्प्रिर्धी यामप्रसाद पाण्डेले ६९ मत पाए। योसँगै स्याङ्जा जिल्लाभरको नगर-गाउँ अधिबेशन शान्त वातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रामचन्द्र गौतम (आरसी) ले जानकारी दिए।जिल्लाभर २ हजार २ सय ४७ मतदाता थिए। निर्वाचनमा ९८ प्रतिशत मत खसेको थियो। दुई प्यानलभई प्रतिप्रर्धा भएपछि यहाँका मतदाताले मिश्रीत परिणाम दिएका छन्। वडा अधिवेशनवाट क्षेत्रीय प्रतिनिधी चुनिएका ब्यक्तिले मात्र मतदान गर्न पाउने ब्यवस्था छ।