समुह समितिका सदस्यहरुलाई अनुशिक्षण तालिम

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली- राप्ती गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाले अनुशिक्षण सुरु गरेको छ ।राप्ती गाउँपालिका क्षेत्रमा महिलाको क्षेत्रमा काम गर्ने गरि स्थापना भएका समुहका सदस्य तथा कार्यसमिति लाई समुह सञ्चालन देखी लैङ्गिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तन सम्वन्धि प्रशिक्षण दिईने छ ।
राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको सहभागितामा सुरु भएको अनुशिक्षण तालिममा स्थानिय स्तरमा समुह तथा सहकारीमा आवद्ध भएर काम गर्न ईच्छुक सदस्य तथा पदाधिकारीहरुको क्षमता अभिबृद्धि गर्न तालिम फलदायि बन्ने कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले बताउनु भएको छ ।

अध्यक्ष नुमानन्द सुवेदिले समुहका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुको पारदर्शिता तथा अनुशासनले गर्दा मात्र समुह, सहकारी सफलताको मार्गमा बढ्ने बताउनु भएको छ ।अनुशिक्षण तालिममा समुह तथा सरकारीको बैठक बसी आफ्ना समस्या र समाधानका उपाय, सदस्यहरुलाई आफ्नो क्षमता अनुसार मासिक रुपमा नियमित बचत गर्ने, सो बचतको परिचालन गर्ने कार्य, कार्यालयबाट साथ सम्पर्क गरी सदस्यहरुलाई बैठक सञ्चालन गर्ने प्रक्रिया, बचत परिचालन लगायतका क्रियाकलाप के कसरी गर्ने भन्ने बारेमा सहजीकरण गरिएको छ ।महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जिवन कुमारी जिसी, तथा सहायक महिला निरिक्षक कल्पना खनालले सहजिकरण गर्नुभएको तालिममा समूह गठन, समिति गठन, समूह सदस्यको अनुशिक्षण, समूह, समितिको मासिक बैठक सञ्चालन, बचत परिचालन समूहको गतिशीलता अनुसार बीउपुँजी परिचालन, महिला(पुरुष समविकास तालिम, आधारभूत तालिम, साथ सम्पर्क, समूह विस्तार र समूह कार्यमा संयोजन लगायतका विषयमा जानकारी गरिने छ ।

अनुशिक्षणमा संस्थागत विकास अन्तरगत सस्था गठन र दर्ता, अवस्था विश्लेषण, रणनीतिपत्र तर्जुमा, रेखांकन भ्रमण, बीउपुंजी परिचालन, महिला संस्थामाझ चौमासिक अन्तरक्रिया, समीक्षा, सिकाइ, भवन निर्माण र रणनीतिक प्राथमिकताका क्रियाकलाप सञ्चाल गर्न सुझाव गरिने छ । साथै व्यवसायिक समूह विकास अन्तरगत व्यवसाय छनौट, सीप तथा व्यावसायिकता विकास तालिम, व्यवसाय स्थापना खर्च, अध्ययन, बहुउपयोगी अनुदान, बजार सम्बन्धन एवं मूल्य विक्री विकासका क्रियाकलाप सञ्चालन बारे जानकारी दिईने छ ।तलिममा किशोरीको बहुआयामिक विकास लक्षित किशोरीलाई जीवनोपयोगी तालिम, किशोरी सूचना तथा परामर्श केन्द्र, महिला संस्था मार्फत अतिविपन्न किशोरीका लागि शैक्षिक तथा स्वास्थ्योपचार सहयोग, व्यावसायिक किशोरी समूह विकास, किशोरीलाई सीप तथा व्यावसायिकता विकास तालिम, व्यवसाय स्थापना खर्च अनुदान, स्थलगत प्राविधिक निरीक्षण, परामर्श तथा पुनर्अभ्यास, अन्तरसमूह रेखाङ्कन, किशोरी समूहका अध्यक्ष र सचिवमाझ चौमासिक अन्तरक्रिया गर्न सुझाव गरिएको छ ।

लैङ्गिक हिंसा निवारण तथा सामाजिक व्यवहार परिवर्तन घरेलु हिंसाबाट प्रभावित महिलाका लागि सुरक्षित अल्पकालीन आश्रय सहित सेवा केन्द्र सञ्चालन, जिल्ला सेवा केन्द्र सामुदायिक सेवा केन्द्र, लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम कुरिति तथा प्रथा विरुद्ध सामाजिक जागरण, अभिभावक, शिक्षक शिक्षिकाहरू तथा सामुदायिक अगुवाहरूका लागि लैङ्गिक संवेदनशील तालिम, मुक्त कमलरीको सशक्तीकरण तथा घर विकास योजनाको अनुशरण गरिने छ ।