रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनद्धारा रक्तदान

प्रकाशित मिति:

बुटवल असोज ११ । रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउनले रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवल को प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४२ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक महेश खनालले जानकारी दिनुभयो ।

क्लबले हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ । नयाँ नेतृत्व चयन पश्चात क्लबले पहिलो रक्तदान कार्यक्रम गरको हो । क्लबले वर्षमा तिन महिनाको अन्तरालमा वर्षमा चार पटक सम्म रक्तदान कार्यक्रम गर्दै आएको छ ।कार्यक्रममा प्रमुख अतिथिको रुपमा रोटरी डिस्ट्रीक ३२९२ का ए.जी जिवन अधिकारीले क्लबले हरेक बर्ष रचनात्मक कार्यक्रम गर्दै आएको बताउर्दै यस महामारीको अवस्थामा क्लबले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गरेका थिए ।
क्लबका अध्यक्ष राम बेल्वासेले क्लबले हरेक बर्ष नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको बताउदै रक्त सञ्चार केन्द्र मा रगतको अभाव हुन नदिन आफुहरुले रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भयो ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्ष बालकृष्ण पाण्डे, राजीव गौतम, जनक दमासे, त्यसै गरी नेपाल नियमित रक्तदाता संघ नेपालका अध्यक्ष दया बहादुर शिल्वाल लगाएतको उपस्थिति रहेको थियो ।