वर्षाका कारण ईपीएलका खेल प्रभावित, आजका दुवै खेल रद्द

प्रकाशित मिति:

काठमाडौँ- वर्षाका कारण एभरेस्ट प्रिमियर लिग(ईपीएल क्रिकेटका खेलहरु प्रभावित भएका छन्। सोमबार हुने भनिएका दुवै खेल वर्षाका कारण रद्द भए।

पहिलो खेलमा विराटनगर वारियर्स र काठमाडौँ किङ्स इलेभेन तथा दोस्रो खेलमा चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच प्रतिस्पर्धा हुने तालिका थियो। तर वर्षाले दुवै खेल हुन सकेनन्।

यसअघि आइतबार पोखरा राइनोज र भैरहवा ग्लाडियटर्सबीच खेल भइरहँदा वर्षाले रोकिएपछि दुवै टोलीलाई एक–एक अंक बाँडिएको थियो। प्रतियोगितामा हालसम्म पाँच खेल भएकामा तीन खेल वर्षाले प्रभावित भएका छन्।