विशेष अदालतले माग्यो चुडामणि शर्मासँग ५० लाख धरौटी

प्रकाशित मिति:

राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको छ। सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

शर्मा तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव समेत रहेका थिए। कर फर्छ्यौट आयोगले व्यवसायीहरुलाई कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोप लागेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आदेशमा भनिएको छ,‘प्रतिवादीले कर फछयौट आयोगमा रहि कार्य गर्दा विभिन्न करदाताहरुको कर मिनाहा गरेको भन्ने मिसिल संलग्न प्रमाणहरुवाट देखिएको समेतका मिसिल संलग्न तत्काल प्राप्त प्रमाणबाट प्रतिवादी अहिले नै निर्दोष हुन् भन्न सकिने स्थिति नदेखिएतापनि प्रतिवादी तत्काल भागी जाने वा प्रमाण नष्ट गर्नेसम्मको अवस्थापनि नदेखिएको र प्रस्तुत मुद्दा पुरक आरोपका रुपमा दायर हुन आएकोमा यसै मुद्दाको मुल आरोपपत्रबाट यस अदालतमा दायर रहेको मिति २०७४ सालमा यी प्रतिवादी उपर लिइएको आरोपदावी एवं यस अदालतबाट मिति २०७४।८।५ मा भएको थुनछेक आदेशका साथै प्रतिवादी उपर दायर प्रस्तुत पुरक आरोपपत्रबाट श्रृजना हुन सक्ने थप दायित्व समेतलाई विचार गरी पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई विशेष अदालत ऐन २०५९ को दफा ७ को खण्ड ९घ० बमोजिम प्रतिवादी चुडामणी शर्मा ढकालबाट रु।५०,००,००० ९पचास लाख रुपैयाँ० धरौट माग गरिएको छ।’
माग भएको धरौटी नगद वा बैंक जमानत दिन सके शर्मालाई तारेखमा राख्न विशेष अदालतले आदेश दिएको छ।