सैनामैनाका १० वटा वडामा ‘राष्ट्रिय युवा संघ नेपाल’विस्तार

प्रकाशित मिति:

सुरेश परियार,असोज ११ गते- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सैनामैना नगरपालिकामा संगठन विस्तार गरेको छ । संघले नगरपालिकाको ११ वटै वडाहरुमा संगठन विस्तार गरेको राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगरसमितिका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।संगठन बिस्तार अभियान अन्तरगत सैनामैना वठा न.१मा रवि अर्यालको संयोजकत्वमा नया कार्य समिति बनेको छ ।जसका उपाध्यक्षमा चेतनारायण पाण्डे,नन्दराम थारु,ओम बहादुरी राहादी,सचिबमा ईश्वरी न्यौपाने,सहसचिबमा संगिता कुंवर,सुरज तिवारी र बाँकी सदस्यमा रहनुभएको छ ।

त्यस्तै,वडा नम्बर २ मा विष्णु पाण्डेको संयोजकत्वमा नयाँ कार्य समिति बनेको छ । जसका उपाध्यक्षमा शेर बहादुर गाहा र अनुपमा के.सी,सचिबमा किशोर जंग कार्की,सहसचिबमा पुरन राना,कोषाध्यक्षमा लेखनाथ खनाल र बाकी सदस्यमा रहनुभएको छ ।यसैगरि,सैनामैना वडा न.३मा अम्मर थापाको संयोजकत्वमा नयाँ कार्यसमिति बनेको छ ।जसको उपाध्यक्षमा मिलन क्षेत्री,सचिबमा अविरल भुषाल,सहसचिबमा शम्भु थापा र बाँकी सदस्यमा रहनुभएको छ ।राष्ट्रिय युवा संघ नेपाल सैनामैना वडा न.४को वडा भेलाले शंकर क्षेत्रीको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्य समिति निर्माण गरेको छ ।जसको उपाध्यक्षमा लिवेक परियार,सचिबमा रोहन सुनार,सहसचिबमा असिम खनाल र बाकी सदस्यमा रहनुभएको छ ।

यस्तै सैनामैना वडा न.५मा सुरज चापागाईको संयोजकत्वमा वडा कमिटि गठन भएको छ । जसको उपाध्यक्षमा सन्तोष लम्साल र शर्मिला जि.सी,सचिबमा मौसम सोमरे मगर,सहचिबमा कृष्ण लम्साल र बाकी सदस्यमा रहनुभएको छ ।त्यस्तै,सैनामैना वडा न.६मा सुरज थापाको संयोजकत्वमा नया कार्यसमिति बनेको छ । कमिटिको उपाध्यक्षमा गोपाल रास्कोटी,सचिबमा हितमान भुषाल,सहचिबमा सुमन घिमिरे र बाकी सदस्यमा रहनुभएको छ ।यस्तै,वडा न.८मा सुमन पन्तको संयोजकत्वमा नयाँ कमिटि गठन भएको छ ।जसको उपाध्यक्षमा केशव पोख्रेल,चन्तकान्त अर्याल,सुनिता चौधरी,विशाल भुषाल,सचिबमा सुनिल चौधरी,सहसचिबमा डिल्लीराज पोख्रेल,शिरा अर्याल र को.स.मा प्रदिप अर्याल रहेका छन् ।राष्ट्रिय युवा संघ नेपाल सैनामैना–९ को वाड भेला सम्पन्न भएको छ। भेला बाट शंघष लम्सालको अध्यक्षतामा वार्ड कमिटी गठन भएको छ ।जसको उपाध्यक्षमा .दिपक राना,सचिव . सन्दीप पन्थ,सह–सचिव संजय गैरे र बाकी सदस्यमा रहनुभएको छ ।

राष्ट्रिय युवा संघ नेपाल सैनामैना–१० को वाड भेला सम्पन्न भएको छ। भेलाले राजु श्रेष्ठको अध्यक्षतामा वार्ड कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा केसब थापा,सचिव विकाश रास्कोटि,सह–सचिव सबिना बगाले,कोषाध्यक्ष कोपिल घिमिरे र बाकी सदस्यमा रहेका छन् ।राष्ट्रिय युवा संघ नेपाल सैनामैना–११ को वाड भेला सम्पन्न भएको छ ।भेलाले कमल सेनको संयोजकत्वमा वार्ड कमिटी गठन भएको छ ।जसको उपाध्यक्ष चिनक सापकोटा,सचिव हिम्मत पोख्रेल,सह–सचिव रामु मरासिनि,कोषाध्यक्ष यमलाल सापकोटा र बाकी सदस्यमा रहनुभएको छ ।यस्तै सैनामैना वडा न.७मा भने केही दिनमै विस्तार हुने जनाईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठले पार्टीलाई बलियो बनाउन युवाहरुको महत्वपूर्ण भूमिका हुने बताए ।श्रेष्ठले पार्टीको भातृ संगठन बलियो भयो भने मात्रै सिंगो पार्टी बलियो बन्ने भन्दै युवा संगठित र एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

यस्तै,एमाले नेता तथा सैनामैना नगरपालिका मेयर चित्र बहादुर कार्कीले युवाहरुको एकतामा मात्र देशको परिवर्तन सम्भव भएकाले युवाहरु सक्रिय रुपमा अगाडि बढ्नुपर्ने बताए ।यस्तै कार्यक्रममा नेकपा एमाले सैनामैना नगर इन्चार्ज खुशीराम चौधरी,नगर अध्यक्ष चेतनारायण न्यौपाने,नेता बसन्त पाण्डे,राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर अध्यक्ष प्रेम थापा लगायतले बोल्दै युवाहरुको एकताबाट नै समृद्धि ल्याउन सकिने बताए । केही दिन पछि नगर सम्मेलन हुने समेत बताइएको छ ।कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटिका सचिब केशव पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।