एमालेको १० बुँदे मिलाउन भीम रावल नेतृत्वको कार्यदलमा थपिए शंकर पोखरेल

प्रकाशित मिति:

नेकपा एमालेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन गर्न उपाध्यक्ष भीम रावलको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ । १० बुँदे सहमति कार्यान्वयन नभएको भनेर पार्टीमा असन्तुष्टि बढिरहेका बेला बैठकले कार्यदल बनाएको हो ।

एमालेको सबै तहमा १० बुँदे सहमति कार्यान्वयनको लागि कार्यदल बनाउने निर्णय गरिएको स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट रहेका छन् ।

भदौ ८ गतेको स्थायी कमिटी बैठकले ६ सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलमा रावलसँगै महासचिव ईश्वर पोखरेल, उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल र स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे र लेखराज भट्ट थिए ।एमालेमा १० बुँदे सहमति कार्यान्वयनको विषयमा विवाद थियो । विवाद हल गर्नको लागि सोमवार स्थायी कमिटी बैठक बोलाइएको थियो ।