साफ च्याम्पियनसिप खेल्न नेपाली फुटबल टिम माल्दिभ्समा

प्रकाशित मिति:

काठमाडौँ- साफ च्याम्पियनसिप खेल्न नेपाली राष्ट्रिय फुटबल टिम माल्दिभ्स पुगेको छ ।साफ च्याम्पियनसिपको तयारी खेलहरु सकेर नेपाली टोली कतार माल्दिभ्स पुगेको हो ।

नेपाली टिम सोमबार माल्दिभ्स जानअघि भारत र ओमानसँग मैत्रीपूर्ण खेल खेलेको छ ।आइतबार राति भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७(२ गोल अन्तरले पराजित हुँदा भारतसँग नेपालमा भएको मैत्रीपूर्ण खेलमा एक खेल बराबरी एक खेलमा नेपाल पराजित भएको थियो ।

साफका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले आइतबार २३ सदस्यीय टिमको घोषणा गरेका थिए । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।