पञ्चाङ्ग सहित हेर्नुहोस् आजको दिन २०७५ मंसिर २२ गते

प्रकाशित मिति:

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल मंसिर महिनाको २२ गते शनिबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतु अन्तर्गत मार्गशीर्ष शुक्ल पक्षको प्रतिपदा तिथि दिवा १।१५ बजेसम्म रहनेछ । यो महिनाका देवता केशव र मासदेवी विशालाक्षी हुन् । सूर्य वृश्चिक राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र अहोरात्र रहनेछ । आज शूल योग बालव करण रहेको छ । आज सूर्योदय ६।४३ मा छ भने सूर्यास्त बेलुका ५।७ बजे हुनेछ ।

चन्द्रमा आज धनु राशिमा छन् । आजबाट चान्द्रमास अन्तर्गत मंसिर महिनाको शुक्लपक्ष आरम्भ भएको छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग बढ्दै जान्छ र पूर्णिमामा पूर्ण चन्द्रमाको दर्शन हुन्छ । यसैगरी आजबाट चन्द्रमा पनि आकाशमा देखिन थाल्छन् ।उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् harekpal bata