कांग्रेस महाधिवेशन : लुम्बिनीका पालिकामा पौडेल पक्षको वर्चश्व

प्रकाशित मिति:

असोज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनीमा सम्पन्न गाउँ–नगर अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको वर्चश्व देखिएको छ । मंगलबारसम्म प्रदेशका १०९ मध्ये ९ जिल्लाका ७७ स्थानीय तहमा अधिवेशन सम्पन्न हुँदा सभापति शेरबहादुर देउवा पक्षका भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सभापति पदमा दोब्बर बढी संख्यामा निर्वाचित भएका छन् ।

प्रदेशका १२ जिल्लामध्ये कपिलवस्तु, गुल्मी र बाँकेका ३२ पालिकामा अधिवेशन हुन बाँकी छ । १२ जिल्लामध्ये देउवा समूहले रुपन्देहीका पालिका सभापतिमा मात्रै अग्रता हासिल गरेको छ ।७७ पालिकाको अधिवेशनमा पौडेल पक्षबाट ४७ जना सभापति निर्वाचित भएको सो समूहका नेताहरुको दावी छ । संस्थापन समूहबाट १९ जना सभापति निर्वाचित भएका छन् भने शशांक कोइराला समूहका नवलपरासी पश्चिममा २ जना निर्वाचित भएका छन् ।रुपन्देहीका २, प्युठान र अर्घाखाँचीका एक–एक जना सभापति कुनै समूहमा पनि खुलेका छैनन् । रुपन्देहीमा मात्रै पौडेल भन्दा देउवा समूहबाट बढी संख्यामा सभापति निर्वाचित भएका छन् ।

बर्दियामा भने केन्द्रको गुट भत्किएर रोचक दृश्य देखिएको छ । त्यहाँ पौडेल समूहका संघीय सांसद एवं पार्टी जिल्ला सभापति सञ्जय गौतम र बिजय गच्छदार निकट मंगलप्रसाद थारुका संयुक्त उम्मेदवार पांच वटा पालिकाको सभापतिमा निर्वाचित भएका छन् ।नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष एवं पार्टीका पूर्व केन्द्रीय सदस्य महेन्द्र शर्मा, पार्टीका पूर्व जिल्ला सचिव तेजबहादुर भाट र नेता परशुराम थारुको समूहलाई पछि पार्न नेता गौतमले फरक समूहसंग गठवन्धन गरेको शर्मा समूहको आरोप छ । अधिवेशन हुन बाँकी ३ जिल्लाको नतिजा आउँदा पनि पौडेल समूह नै बलियो हुने सो समूहका नेताहरुको दावी छ ।

रुपन्देही

पालिका संख्या : १६
देउवा पक्ष : ९, पौडेल पक्ष : ५ र नखुलेका : २
बुटवल उपमहानगरपालिका : खेलराज पाण्डे (पौडेल पक्ष)
तिलोत्तमा नगरपालिका : हरिलाल पाण्डे (देउवा पक्ष)
सिद्धार्थनगर नगरपालिका : कोशिसबहादुर खड्का (देउवा पक्ष)
सैनामैना नगरपालिका : रणबहादुर खनाल (देउवा पक्ष)
लुम्बिनी सांस्कृतिक नगरपालिका : मोहम्मद सहिद खाँ (देउवा पक्ष)
देवदह नगरपालिका : गुनाखर भुर्तेल (पौडेल पक्ष)
कन्चन गाउँपालिका : देवीराम रेग्मी (कतै नखुलेका )
गैडहवा गाउँपालिका : सत्यनारायण पथिक (देउवा पक्ष)
कोटहीमाई गाउँपालिका : अवधराम यादव (पौडेल पक्ष)
मर्चवारी गाउँपालिका : जनार्दन यादव (पौडेल पक्ष)
ओमसतिया गाउँपालिका : भगवानप्रसाद चौधरी (कतै नखुलेका )
मायादेवी गाउँपालिका : पदम भण्डारी (देउवा पक्ष)
रोहिणी गाउँपालिका : पारसनाथ योगी (देउवा पक्ष)
सियारी गाउँपालिका : गोपाल पाण्डे (देउवा पक्ष)
शुद्धोधन गाउंपालिका : दामोदर पौड्याल (देउवा पक्ष)
सम्मरीमाई गाउंपालिका : रमेश यादव (पौडेल पक्ष)

दाङ

पालिका संख्या : १०
पौडेल : ६, देउवा : ४
तुलसीपुर उपमहानगरपालिका : सुरेश हमाल (पौडेल पक्ष)
राप्ती गाउँपालिकाका : विद्याशरण चौधरी (पौडेल पक्ष)
बबई गाउपालिका : प्रकाश बस्नेत (पौडेल पक्ष)
दंगीशरण गाउँपालिका : शम्भु गिरी (पौडेल पक्ष)
शान्तिनगर गाउँपालिका : झलक केसी (पौडेल पक्ष)
बंगलाचुली गाउँपालिका : जागेश्वर अधिकारी (पौडेल पक्ष)
घोराही उपमहानगरपालिका : तिलक रावत (देउवा पक्ष)
लमही नगरपालिकाका : सन्तोष बुढाथोकी देउवा पक्ष (पौडेल पक्ष)
राजपुर गाउपालिका : नरेन्द्रराज भण्डारी (देउवा पक्ष)
गढवा गाउँपालिका : किरण पौडेल (देउवा पक्ष)

प्यूठान

पालिका संख्या : ९
पौडेल पक्ष : ६, देउवा पक्ष : २, कतै नखुलेका : १
स्वर्गद्वारी नगरपालिका : गिरबहादुर घर्तीमगर (पौडेल पक्ष)
प्युठान नगरपालिका : नेत्रबहादुर केसी (कतै नखुलेका )
गौमुखीमा गाउँपालिका : मधुराम केसी (पौडेल पक्ष)
ऐरावती गाउँपालिका : अमर रेश्मी मगर (पौडेल पक्ष)
माण्डवी गाउँपालिका : प्रकाश अधिकारी (पौडेल पक्ष)
सरुमारानी गाउँपालिका : लक्ष्मण जीसी (देउवा पक्ष)
मल्लरानी गाउँपालिका : रमेश श्रेष्ठ (पौडेल पक्ष)
झिमरुक गाउँपालिका : मीनराज भट्टराई (पौडेल पक्ष)
नौ बहिनी गाउँपालिका : देवीराम पुन (देउवा पक्ष)

पाल्पा

पालिका संख्या : १०, (तानसेन नगरपालिका बाँकी)
पौडेल पक्ष : ८, देउवा पक्ष : १
रामपुर नगरपालिका : नेत्रप्रसाद भट्टराई (पौडेल पक्ष)
रिव्दीकोट गाउँपालिका : रामचन्द्र पाण्डे (पौडेल पक्ष)
रैनादेवी छहरा गाउँपालिका : विष्णुप्रसाद पोखरेल (पौडेल पक्ष)
बगनासकाली गाउँपालिका : थानेश्वर तिमिल्सिना (पौडेल पक्ष)
रम्भा गाउँपालिका : ऋषिराम अर्याल (पौडेल पक्ष)
पूर्वखोला गाउँपालिका : विष्णुकुमारी आचार्य (पौडेल पक्ष)
निस्दी गाउँपालिका : पूर्णबहादुर खाँण (देउवा पक्ष)
तिनाउ गाउँपालिका : प्रेमप्रसाद पाण्डे (पौडेल पक्ष)
माथागढी गाउँपालिका : दीपक थापा (पौडेल पक्ष)

अर्घाखाँची

पालिका संख्या : ६
पौडेल पक्ष : ५, कतै नखुलेका : १
सन्धिखर्क नगरपालिका : बाबुराम भुसाल (पौडेल पक्ष)
शितगंगा नगरपालिका : मोहन पन्थी (पौडेल पक्ष)
भूमिकास्थान नगरपालिका : खडानन्द बेल्वासे (पौडेल पक्ष)
छत्रदेव गाउँपालिका : प्रकाशराज पन्थी (पौडेल पक्ष)
मालारानी गाउँपालिका : शोभाखर खनाल (पौडेल पक्ष)
पाणिनि गाउँपालिका : तुल्सी पौडेल (कतै नखुलेका )

छत्रदेव, मालारानी र पाणिनि गाउँपालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको हो ।

रोल्पा

पालिका संख्या : १० (सबै पालिकामा सर्वसम्मत)
सबै गाउँ नगर सभापति रामचन्द्र पौडेल समूहका जिल्ला सभापति अमरसिंह पुनले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

रोल्पा नगरपालिका : चन्द्रबहादुर आचार्य (पौडेल पक्ष)
सुनिल स्मृति गाउँपालिका : मानबहादुर गिरी (पौडेल पक्ष)
लुङ्ग्री गाउँपालिका : जनक खड्का (पौडेल पक्ष)
सुनछहरी गाउँपालिका : कोमबहादुर बुढामगर (पौडेल पक्ष)
थवाङ गाउँपालिका : खरिलाल डांगी (पौडेल पक्ष)
परिवर्तन गाउँपालिका : खड्गबहादुर घर्ती (पौडेल पक्ष)
गंगादेव गाउँपालिका : मीनबहादुर खड्का (पौडेल पक्ष)
माडी गाउँपालिका : नवीन डांगी (पौडेल पक्ष)
त्रिवेणी गाउँपालिका : दुर्योधन रानामगर (पौडेल पक्ष
रुन्टिगढी गाउँपालिका : जनक पुन मगर (पौडेल पक्ष)

रोल्पामा सबै पालिकामा सर्वसम्मत भएपनि पार्टी वरिष्ठ नेता पौडेल समूहका जिल्ला सभापति अमरसिंह पुनले प्रस्ताव गरेका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका हुन् ।

संस्थापन समूहले पनि सबै पालिकामा फरक उम्मेदवार प्रस्ताव गरेपनि ती उम्मेदवारको नाममा सहमति नभएको सभापति पुनले बताए ।

रुकुम पूर्व

पालिका संख्या : ३
पुथा उत्तरगंगा गाउँपालिका : तपस बुढामगर
भूमे गाउँपालिका : दिनेश रोका मगर
सिस्ने गाउँपालिका : मदन बीसी

तीनै जना बाहिर नखुलेपनि पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भएको कांग्रेस रुकुम पुर्वकी नेतृ कुसुम थापाले दावी गरिन् ।

नवलपरासी पश्चिम

पालिका संख्या : ७
देउवा पक्ष : ३, पौडेल पक्ष : २ र शशांक पक्ष : २
सुनवल नगरपालिका : सोमबहादुर रायमाझी (पौडेल पक्ष)
बर्दघाट नगरपालिका : दामोदर जिसी (पौडेल पक्ष)
रामग्राम नगरपालिका : श्रीधर बस्याल (देउवा पक्ष)
पाल्हिनन्दन गाउँपालिका : हरिहर चौहान (देउवा पक्ष)
सरावल गाउँपालिका : विनोद पाण्डे (देउवा पक्ष)
सुस्ता गाउँपालिका : रविन्द्रकुमार बनियाँ (शशांक पक्ष)
प्रतापपुर गाउँपालिका : ज्ञानेन्द्रकुमार पञ्जियार (शशांक पक्ष)

सुस्ता र प्रतापपुर दुबै पालिकामा देउवा समूहको समर्थनमा शशांक समूहका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका उक्त क्षेत्रका संघीय सांसद एवं देउवा समूहका नेता देवेन्द्रराज कंडेलले बताए ।

बर्दिया

पालिका संख्या : ८, एउटामा अधिवेशन स्थगित

बर्दियामा एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराएर चर्चामा आएका रामचन्द्र पौडेल पक्षय नेता सञ्जय गौतम र देउवा पक्षीय मंगलप्रसाद थारु समूहबीच गठबन्धन बनेको थियो । पौडेल समूहकै नेविसंघका पूर्व केन्द्रीय सभापति महेन्द्र शर्मा, पूर्व पार्टी सचिव तेजबहादुर भाट र नेता परशुराम थारु समथर्थित उम्मेदवारलाई हराउन पौडेल समूहका गौतमले फरक समूहसंग गठबन्धन गरेका छन् । गुलरिया नगरपालिका : इन्द्र यादव (महेन्द्र शर्मा पक्षीय उम्मेदवार) गौतम र थारुका उम्मेदवार श्यामु थारु पराजित । बारबर्दिया नगरपालिका : गौतम र थारुका उम्मेदवार सुरेन्द्र बोहरा २ मतले विजयी । पौडेल पक्षकै महेन्द्र शर्मा पक्षीय उम्मेदवार अमृत शर्मा ढकाल पराजित । बांसगढी नगरपालिका : लोहारी थारु ( गौतम निकट ) बढैयाताल गाउपालिका : भगत नेपाली ( महेन्द्र शर्माका उम्मेदवार) । गौतम र थारुका उम्मेदवार मानबहादुर बीसी पराजित ठाकुरद्वारा नगरपालिका : पदम खड्का (गौतम र थारु पक्ष)
राजापुर नगरपालिका : महेशकुमार चौधरी (देउवा समूह)
गेरुवा गाउँपालिका : प्रेम रावल राठौर (देउवा समूह)
मधुवन नगरपालिका स्थगित ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समिति सभापतिका आकांक्षी समेत रहेका रामचन्द्र पौडेल समूहका रोल्पा पार्टी सभापति अमरसिंह पुनले प्रदेशमा आफ्नो पक्षको वर्चश्व रहेको दावी गरे ।लुम्बिनी प्रदेशमा हाम्रो पक्षको उपस्थिति संस्थापनको भन्दा बलियो छ’ पुनले भने । पार्टीलाई विधि, विधान अनुसार चलाउने, गुटका आधारमा कसैलाई काखा पाखा नगरी योगदानका आधारमा नेता कार्यकर्ताको मूल्याङ्कन गर्ने आफूहरुको मुद्दा भएकाले आफ्नो समूहको लुम्बिनीमा बर्चश्व रहेको पुनले दावी गरे ।प्रदेश समितिमा सभापतिका अर्का आकांक्षी देउवा पक्षका नेता देबेन्द्रराज कंडेल भने गाउँ नगर अधिवेशन पार्टीको आन्तरिक निर्वाचन भएकाले यो समूह र ऊ समूह भनेर कित्ताकाट गर्न नहुने बताउँछन् ।‘तीन वटा जिल्लामा अधिवेशन हुन बाँकी नै छ, अहिले नै कुन समूह बलियो र कुन समूह कमजोर भन्ने विश्लेषण गर्न हतार हुन्छ’ कँडेलले भने, ‘सबै जिल्लाको अधिवेशन भइसक्दा संस्थापन पक्ष नै बलियो हुन्छ ।’@onlinekhabar