एक महिला पक्राउमा महाशक्ति राष्ट्र मा तनाब

प्रकाशित मिति:

मङ्गको पक्राउपश्चात् अमेरिका तथा चीनबीचको व्यापारिक युद्ध चर्कने चिन्ताका माझ युरोपेली सेयर बजार दुई वर्षयताकै न्यून विन्दुमा झरेको छ भने एसियाली बजारमा पनि गिरावट आएका छन्।

बिबिसी / गत शनिबार क्यानडाको भ्यान्कुभर बिमानस्थलबाट पक्राउ परेकी एक व्यावसायी कर्मचारी पक्राउ परे पछि अमेरिका र चीन बिच तनाब उत्पन्न भएको छ । यसलाई राजनैतिक हस्ताक्षेप भनेर चर्चा भए पनि क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चिनियाँ फोन कम्पनी ह्वावेइकी वरिष्ठ अधिकारीको पक्राउमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट पारेका छन् ।
यति सम्मकी उनी पक्राउ परेसँगै अमेरिका र चीनबीच तनाव बढ्दा विश्वका प्रमुख सेयर बजारमा पनि त्यसको प्रभाव परेको छ।

को हुन् यति शक्तिशाली महिला ?

मङ्ग वान्जू नाम गरेकी ति महिला चीनको अग्रणी टेलिकम कम्पनी ह्वावेइकी आर्थिक मामिलासम्बन्धी प्रमुख र सोही कम्पनीका संस्थापककी छोरी हुन्। ह्वावेइ सञ्चार सामग्री र सेवा प्रदान गर्ने संसारकै सबैभन्दा ठूलो त्यस्तो कम्पनी हो। हालै मात्र उसले एप्पल कम्पनीलाई उछिनेर स्मार्टफोन उत्पादनमा सामसङपछि विश्वकै दोस्रो ठूलो कम्पनी बनेको छ।  मङ्ग १ डिसेम्बरमा भ्यानकुभरबाट पक्राउ परेकी थिइन् जुन दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिनबीच जी२० सम्मेलनको अवसरमा आर्जेन्टिनामा दुईपक्षीय व्यापारबारे कुराकानी हुँदै थियो। उनीहरूले व्यापारिक तनाव कम गर्न एक उल्लेख्य सम्झौता पनि गरेका थिए। तर अब उनको पक्राउको लगत्तै चीनले आक्रोशपूर्ण प्रतिक्रिया दिएको छ। ह्वावेइ चिनियाँ प्रविधि क्षेत्रको एक मुकुट नै मानिने र मङ्ग त्यसको राजकुमारी मानिने उनी बताउँछिन्। उनका अनुसार पक्राउको कारण स्पष्ट भइसकेको छैन। तर यसलाई एक जना महिला समातिएको वा एउटा कम्पनीलाई नियन्त्रण गर्न खोजिएको भन्ने अर्थमा मात्र सीमित गर्न बिश्लेषण भैरहेको छ ।

किन पक्राउ परिन् उनी ?

उनको पक्राउको विस्तृत कारण खुलाइएको छैन। अमेरिकामा सुपुर्दगीको अनुरोधको आधारमा उनलाई क्यानाडाको भ्यान्कुभरबाट समातिएको बुझिएको छ। क्यानाडाका प्रधानमन्त्री ट्रुडोले उनको गिरफ्तारीमा उनको सरकारले कुनै राजनीतिक हस्तक्षेप नगरेको भन्दै उचित कानुनी निकायहरूले आफ्ना कारबाही गर्ने सन्दर्भमा सो पक्राउ गरिएको बताए। उनले क्यानाडामा स्वतन्त्र न्यायपालिका रहेको भन्दै यो प्रकरणमा राजनीतिक संलग्नता वा हस्तक्षेप नभएको भनेका थिए।

जासुसीको डरले चिनियाँ कम्पनीलाई प्रतिबन्ध

तर त्यहाँको कानुन अनुसार मुद्दा चलेको विषयमा आफूले यो भन्दा बढी टिप्पणी गर्न नमिल्ने उनले बताए। शुक्रवार त्यहाँको अदालतमा उनको जमानतसम्बन्धी सुनुवाई हुँदैछ। चीनले उनको पक्राउलाई मानव अधिकारको उल्लंघन भन्दै तत्काल रिहाइको माग गरेको छ। चिनियाँ विदेशमन्त्रालयका एकजना प्रवक्ताले संवाददाताहरूसँग कुरा गर्दै कुनै कारण नखुलाई व्यक्तिको गिरफ्तारी हुनुले उसको मानव अधिकार हनन् भएको ठहर्ने बताए।  चीनले क्यानाडा र अमेरिकालाई गिरफ्तारीको कारण स्पष्ट पार्न आग्रह गर्दै आफ्नो गम्भीर चासो दर्शाएको जनाएको छ। ह्वावेइ कम्पनीले मङ्गले गल्ती गरेको बारे कुनै जानकारी नभएको बताएको छ। यसअघिका विवरणहरूमा उनको पक्राउ इरानविरुद्ध अमेरिकी प्रतिबन्धको सम्भावित उल्लंघनको विषयसँग जोडिएको बताइएको थियो। तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले पत्रकारहरूसँग उक्त विषयबारे थप बोल्न अस्वीकार गरे। बरु उनले चिनियाँ कम्पनीहरूको व्यापारिक व्यवहार तथा तिनलाई चिनियाँ सरकारले उसको समग्र कारबाहीका निम्ति कतै अस्त्रका रूपमा प्रयोग गरिरहेको छ कि भन्ने सम्भावनालाई लिएर आफूमा ठूलो चिन्ता रहेको बताए।