लुम्बिनीमा चहलपहल बढ्दै

प्रकाशित मिति:

काठमाडौं, असोज गते । कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् ।

अहिले आन्तरिक पर्यटकको साथै विदेशी पर्यटक आउन थालेका छन् । लुम्बिनी विकास कोषको सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी भ्रमणमा आउने पर्यटककोे संख्या अहिले न्युन भए पनि नेपाल सरकारले अनअराइभल भीसा दिन सुरु गरेकाले अब पर्यटकको आगमन बढ्ने विस्वास गर्नुभयो । नेपाल सरकारले तय गरेको स्वास्थ्य मापदण्ड पालना गराउने गरि भ्रमणमा आउनेको ब्यबस्थापन गरिने सदस्य सचिव शाक्यले बताउनुभयो ।लुम्बिनी विकाश कोषले विश्व पर्यटन दिवशको दिन लुम्बिनी क्षेत्र खुला रहेको सन्देश विश्वभरि पठाएको जानकारी दिएको छ । लुम्बिनीलाई कोरोना संक्रमणको जोखिमबाट मुक्त गराउँदै पर्यटकलाई आकर्षित गर्नका लागि कोषले कोरोना विकास निर्माण, सरसफाई र मर्मत सम्भारको काम निरन्तर रुपमा गरिरहेको सदस्य सचिव शाक्यले बताउनुभयो ।