१२७ वर्षीय नाताबे तिन्सीउको निधन

प्रकाशित मिति:

एजेन्सी – अफ्रिकाको एरिट्रियामा एक व्यक्तिको १२७ वर्षको उमेरमा मृत्यु भएको बताउँदै परिवारले नाताबे तिन्सीउको नाममा सबैभन्दा धेरै वर्ष जीवित व्यक्तिको विश्व कीर्तिमान लेखिने अपेक्षा गरेको छ ।उनका नाति जेरे नाताबेले बीबीसीलाई उनी यति लामो समय बाँच्नुको कारण ’धैर्य, उदारता र आनन्दित जीवन“ रहेको बताएका छन् । नाताबेको सोमवार ३०० जनसङ्ख्या रहेको गाउँ अजिफामा मृत्यु भएको परिवारले जनाएको छ ।

उनका नातिका अनुसार चर्चले राखेको जन्म दर्ता सहितको तथ्याङ्कमा उनी सन् १८९४ मा जन्मिएको र सोही वर्ष चर्चमा उनका लागि कार्यक्रम आयोजन गरिएको देखाउँछ । यस हिसाबले उनी मृत्यु हुँदा १२७ वर्षका थिए ।तर उनको परिवारका अनुसार उनी सन् १८८४ मा जन्मिएका थिए तर उनलाई इसाई धर्म अनुसार १० वर्षको उमेरमा मात्रै एक पादरी गाउँमा आउँदा चर्चमा प्रवेश गराइएको थियो ।सो गाउँमा सात वर्ष पादरी रहेका फादर मेन्टेले चर्चका कागजातमा उनी सन् १८९४ मा जन्मिएको देखिने पुष्टि गरेका छन् ।

उनले आफ्नो उपस्थितिमा सन् २०१४ मा गाउँलेहरूले उनको १२०औँ जन्मदिन मनाएको बताए । नाति जेरेले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सलाई जानकारी गराइसकेको बताएका छन् ।अहिलेसम्म सन् १९९७ मा १२२ वर्षको उमेरमा मृत्यु भएकी फ्रान्सेली महिला जीन काल्मेन्टलाई सबैभन्दा धेरै बाँचेका व्यक्ति मानिँदै आएको छ ।नाताबेले सन् १९३४ मा विवाह गरेका थिए र उनकी पत्नीको सन् २०१९ मा ९९ वर्षमा मृत्यु भएको थियो ।उनी पेसाले पशुपालक रहेका थिए र आफ्नो जीवनकालमा पाँच पुस्ता हुर्केको देख्न पाए । बीबीसीबाट