सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

आश्विन १७, आइतबार । मणिग्राम, रूपन्देही । रूपन्देहीको ड्राइभरटोलमा सञ्चालित सितारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तिलोत्तमा–०३ को चौधौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षता तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् सहकारी विज्ञ माधवलाल देवकोटाको आतिथ्यमा आयोजित कार्यक्रम कोविड सतर्कता सहित सञ्चालन गरिएको थियो ।

साधारण सभाले अध्यक्ष ज्ञवालीको प्रतिवेदन, कोषाध्यक्ष पिताम्बर खनालको प्रतिवेदन तथा लेखा समितिका संयोजक कृष्णप्रसाद आचार्यले प्रस्तुत गर्नुभएका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो ।
संस्थाका सदस्य दीपा थापाको सञ्चालन, उपाध्यक्ष रमेशकुमार पराजुलीको स्वागतमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार यादव भण्डारी, गणेश पन्थी, संस्थापक अध्यक्ष रामबहादुर खड्का लगायतले मन्तव्य बोल्नुभएको थियो ।