बुद्ध दीप ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुलमा British Counc द्धारा (ISA) परियोजना कार्य अन्र्तगतका विभिन्न ७ वटा परियोजनाहरु संचालन

प्रकाशित मिति:

रुपन्देही जिल्लाको कञ्चन गाँउपालिकामा संचालित बुद्ध दीप ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुलमा British Counc द्धारा International School Award (ISA) परियोजना कार्य अन्र्तगतका विभिन्न ७ वटा परियोजनाहरु संचालन भएका छन। वृटिश काउन्सिलले विद्यार्थीको सिकाइलाई दिगो, व्यवहारिक र अन्तराष्ट्रिय गुणस्तरयुक्त बनाउन विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा परियोजना कार्यमा संलग्न गराई सिकाईलाई अन्तराष्ट्रिय स्तरमा प्रतिसपर्धात्मक बनाई अन्तराष्ट्रिय स्तरको गुणस्तर कायम गराउने उद्धेश्यले यो परियोजना कार्य सञ्चालमा ल्याइएको हो । सन २०२१ को जनवरीबाट शुरु भएको परियोजना आगामी डिसेम्बरमा सकिदैछ।
उक्त परियोजनाले दिगो विकासका (Sustainable Development Goals) लाई आत्मसाथ गर्दै पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषयगत पाठ्यक्रमले निर्दिष्ट गरेको विषयवस्तहरुलाई समेटेको छ। पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेका विषयगत पाठ्यक्रमले निर्दिष्ट गरेको विषयवस्तहरुलाई परियोजनाको रुपमा विकास गरी कक्षा कोठामा सिमित सिकाईका प्रकृयालाई सुधार गर्न विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा छलफल, अन्तरक्रियामा सहभागी गराई खोज तथा अनुसन्धान कार्यमा सक्षम बनाउन प्रोत्साहित गर्दै आएको छ। बिधार्थीले सिकेका कुराहरुलाई ब्यबहारमा लागु गर्न स्थलगत अध्ययन एवं प्रयोगात्मक विधिबाट सिक्नेरसिकाउने कार्यलाई समेत सो परिउोजनाले जोड दिदै आएको छ ।

हरेक वर्ष British Council ले नेपाल लगायतका विश्वका अन्य देशहरुलाई क्ष्क्ब् परियोजना कार्यका लागी विश्वव्यापी रुपमा आव्हन गर्ने गर्दछ । उक्त परियोजना कार्य अन्तर्गत सिकाईका अन्तराष्ट्रिय आयामलाई पछ्याउदै International Collaboration मा आधारित ३ वटा परियोजना लागु गरिएको हुन्छ । उक्त परियोजनाले विश्वका कुनै पनि मुलुकका विद्यालयसंग सिकाई साझेदारी हुने गर्दछ । यस अन्र्तगत कक्षा १० का विद्यार्थीहरुको लागी “Social Problem” , कक्षा ९ का विद्यार्थीहरुका लागी “Food and Nutrition” र कक्षा ७ का विद्यार्थीका लागी “Cultural Custom” परियोजना सञ्चालन भएको छ भने स्थानिय पाठ्यक्रममा आधारित एउटा परियोजना सञ्चालन हुने गर्दछ । जसमा विद्यालयमा गजेडी९दानापुर० ताल का बारेमा २०५ स्थानिय पाठ्यक्रमा आधारित पाठ्यक्रम तयार गरी कक्षा ४ र ५ का विद्यार्थीहरुलाई समावेश गरिएको छ ।
त्यस्तै गरी संस्थागत तथा सरकारी विद्यालयको साझेदारीमा कक्षा ६ का विद्यार्थीहरुका लागी “लैङ्गिक समानता तथा महिला सशक्तिकरण” को परियोजना कार्य बुद्ध दीप ईङ्गलिस बोर्डिङ सेकेन्डरी स्कुलले लुम्बिनी ज्ञान निकेतन माध्यमिक विद्यालयका कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थीहरु संग सिकाई साझेदार गरेको छ भने विद्यालयमा सञ्चालन हुने दुईवटा परियोजना अन्तर्गत कक्षा ८ का विद्यार्थीहरुका लागी “Profit and Loss” र कक्षा २ का विद्यार्थीहरुका लागी ू “Playing and Learning With Shapes” परियोजना सञ्चालन गरिएको छ ।
यसरी विद्यालयले कुल ७ वटा परियोजनालाई संचालनमा ल्याई बिधार्थीहरुको सिकाई उपलब्धी हासिल गर्न गराउन लागि परेको छ। यी समग्र परियोजनाहरुमा विद्यार्थीहरु प्रत्यक्ष रुपमा संलग्न भई छलफल, अन्तरक्रिया एवं प्रत्यक्ष प्रयोगात्मक विधिबाट सिक्न पाउँदा सिकाई दिगो हुने र मनोरञ्जनपूर्ण पनि हुने कुरा कक्षा ९ मा अध्ययन गर्ने छात्रा पूर्णिमा थापाले बताइन । सिकाईका परियोजनाहरुलाई वृटिश काउन्सिलले मुल्याङ्कन तथा अनुगमन गरिरहेको छ र यसको अन्तिम मुल्याङ्कन डिसेम्बरमा हुने बताईएको छ भने यी परियोजनाहरु सफल भएमा विद्यालयले International School Award प्राप्त गर्नेछ भने वृटिस काउन्सिलले अन्तराष्ट्रिय स्तरको गुणस्तरीय विद्यालयको रुपमा प्रमाणित गर्नेछ र यस क्षेत्रको शैक्षिक विकासमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।