नवीनमा “Falling in love with insects”  परियोजना सम्पन्न

प्रकाशित मिति:

नवीन औधोगिक कदर बहादुर रीता माद्यामिक विद्यालयमा  “Falling in love with insects”  परियोजना सम्पन्न । विद्यालयले ISA ( International School Award ) को प्रतिस्पर्धा गरिएको छ , उक्त पुरस्कारको लागि विभिन्न योजना गर्नु पर्ने छ । सोही योजनाको संयोजक  शिक्षिका  संगीता न्यौपाने  साथै सहयोगमा कुशल पाठक, कमल न्यौपानेले   गर्नु भएको थियो।  प्रोजेक्टमा कक्षा ६ मा अध्यनरत करिव २००  विद्यार्थीहरुको संलग्नता संगै पूरा भएको थियो । यस परियोजनामा विद्यार्थीले पेशा, व्यावसायिक र प्राविधिक शिक्षा अध्यन गर्छन् ।

 

यस परियोजनाको बारेमा अभिमुखीकरण परियोजना संयोजक शिक्षिका  संगीता न्यौपाने द्वारा अनलाइन मोड मा कक्षा ६  का विद्यार्थीहरुलाई दिइएको थियो। ।  ISA संयोजक आशिष लामिछानेले प्रोजेक्ट लीडरलाई  बिद्यार्थीहरुलाई परियोजना को बारेमा उही कार्यक्रममा अभिमुखीकरण दिन को लागी सहयोग गरि संचालन भनेको थियो ।  विद्यालयका बिद्यार्थीहरुलाई परियोजना संग सम्बन्धित बिभिन्न गतिविधिहरु गर्नका लागी  विद्याथीहरुलाई अभिमुखीकरण  साथै चराचुरुङ्गी र बोटबिरुवाको बारेमा सम्पुर्ण जानकारी  गरिएको थियो।  विद्यालयका  बिद्यार्थीहरुले विद्यालय लामो समय सम्म बन्द भएतापनि उनीहरुले घरमै बसेर यस योजानाहरुको गतिविधि साथै बोट बिरुवाहरूमा आफैलें घरमै  कार्य प्रस्तुत गरेका थिए । कक्षा ६का नविन स्कूल बिद्यार्थीहरुलाई  मानिस र किराहरुको संबन्धित यस परियोजनाहरु पूरा गर्न र  Muslim Hands School, Pakistan  सहकार्य गर्दै आफ्नो गतिविधिहरु एक अर्प्रकालाई  प्रस्तुत गरिको थियो ।

                          

विद्यार्थीहरुले मानिस र किराहरुको विचको सम्बन्धलाई अध्यनमा मात्र नभई सामुदायिक चेतनाको साथै अभिमुखीकरण गरेका थिए । बिद्यार्थीहरुले देशमा मात्रै नभई देश बाहिरको विद्यालयमा पनि प्रर्दशन गर्दै आफ्नो गतिविधि र गरेको क्रियाकलाप बारे साटासाट  गरेका थिए ।  बिद्यार्थीहरुलाई विद्यालयको आन्तरिक परिक्षामा प्रोजेक्टमा  सिकेका बारे केहि प्रश्न सोधिने गरेको छ ।

Life On Land