लायन्स बुटवल मुक्तिनाथद्धारा निशुल्क आँखा शिविर सम्पन्न

प्रकाशित मिति:

लायन्स क्लब अफ बुटवल मुक्तिनाथले १ दिने निशुल्क आँखा शिविर सम्पन्न गरेको छ । सैनामैना नगरपालिका-०१ ,बोलाबोम धाम परिसरमा आयोजित शिविरमा त्यस क्षेत्रका १९७ जनाको निसुल्क आँखा परिक्षण गरिएको थियो । उक्त सिविरमा परिक्षण गराएका सवै बिरामीहरुलाई आवस्यक औसधि निसुल्क प्रदान गरिएको थियो। सिविरमा आएका बिरामी वाट मोतियाविन्दुको सल्यक्रिया गर्नुपर्ने अतिविपन्न २० जनाको निसुल्क अप्रेसन गर्न बुटवल लायन्स आँखा अस्पताललाई सिफारिस गरिएको छ ।

उक्त शिविरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी लायन्स ३२५ बि २ का द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले लायन्स सदैव सेवामा समर्पित संस्था रहेको र धेरैमा देखिने आँखा रोगबारे निसुल्क गरिएको शिविर प्रशंसनीय रहेको बताए । स्वास्थ्य शिविर जस्तो कार्यक्रमले धेरै मानिसको स्वास्थ्य अवस्था पत्ता लगाउन सघाउने भएकाले मुक्तिनाथले गरेको कार्यक्रमको प्रशंसा गरे । उनले क्लबलाई थप सामाजिक कार्यमा लाग्न प्रेरणा दिए ।

क्लबका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स एरिया ४ का चिफ जीवन गौतमको आतिथ्यता रहेको थियो । त्यस्तै, कार्यक्रममा जोन चेयरपर्सन सुरेश चन्द्र भट्टराई, डेपुटी चिफ लक्ष्मण रेग्मी, पुर्व अध्यक्ष रिखिराम भट्टराई ,शोभाकर बन्जाडे लगायतको उपस्थिती रहेको थियो ।लायन्स क्लब अफ बुटवल मुक्तिनाथको आयोजना र लायन्स क्लब अफ बुटवल कालिकाको सहायोजनामा संचालित निसुल्क आँखा सिबिर कार्यक्रम सम्पन्न गर्न बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोग रहेको लायन्स क्लबस अन्तरास्ट्रियका जोन चेयरपर्सन सुरेश चन्द्र भट्टराईले जानकारी दिए । क्लबका लक्ष्मण गैरेले संयोजन गरेको कार्यक्रमको स्वागत मन्तब्य सहसंयोजक दिपककुमार चालिसेले गरेका थिए भने संचालन गोबिन्द बन्जाडेले गरेका थिए ।