मिस वर्ल्ड उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा लाई

२२ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
13 Shares


काठमाडौं– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डि लिओनले जितेकी छिन्। उनले टप ५ मा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन्। चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन। त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी भइन। नेपालबाट शृंखला खतिवडाले प्रतिनिधित्व गरेपनि उनी टप १२ बाट बाहिरिइन।

फेसबुकबाट तपाईको प्रतिक्रिया