अमेरिकामा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुन निस्कृय

प्रकाशित मिति:

अमेरिकामा एक संघीय न्यायधीशले टेक्सासमा गर्भपतनमा प्रतिवन्ध लगाउने कानुनलाई अस्थायी रूपमा रोकिदिएका छन् ।१ सेप्टेम्वरमा लागू भएको सो कानूनअनुसार टेक्सासमा ६ सातादेखिको गर्भपतन गर्न प्रतिवन्ध छ । सो कानुनको विरोधमा यसै साता अमेरिकाका ५० ओटै सहरमा महिलाहरूले विशाल प्रदर्शन गरेका थिए ।उनीहरूले महिलाले गर्भपतन गर्न पाउनु पर्ने माग गरेका थिए । जिल्ला न्यायाधीश रोबर्ट पिटम्यानले सो कानुन अस्थायी रूपमा रोकिएको बताए ।