बुटवल महिला जेसीजद्धारा आयोजित लैंङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

बुटवल \ लैंङ्गिक हिंसा र दुव्र्यवाहार छैन हामीलाई स्विकार भन्ने नारासंगै लैंङ्गिक हिंसा विरुद्धको दिबस को अवसरमा आयोजित एक कार्यक्रमका बक्ताहरुले लैैंङ्गिक हिंसा अन्त्य गर्न जोड दिएका छन् । बुटवल महिला जेसीजद्धारा लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दिवसको अवसर पारेर शनिबार आयोजित लैङ्गिक हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले जेसीजले नेतृत्व विकास र व्यत्तित्व विकासका लागि मात्रै नभएर सामाज रुपान्तरणका लागि पछिल्लो समयमा क्रियासिल रहेको बताउनु भयो ।

लैंङ्गिक हिंसा अन्त्यका लागि एकल प्रयास ले मात्र संम्भव नहुने भएकोले सामुहीक प्रयासमा मात्र यो संम्भव भएको कार्यक्रमका प्रमुख बक्ता राष्ट्रिय महिला आयोगका पूर्व सदस्य प्रोफेसर अम्बुदा श्रेष्ठले बताउनु भयो । हिंसा महिला,पुरुष र तेस्रोलिङ्गी सबैमा छ , हिंसा अन्त्यका लागि सबैसंगको सहकार्य आवश्यकता रहेको बुटवल महिला जेसीजका संस्थापक अध्यक्ष जेसी रेखा कट्टेलले बताउनुभयो । कार्यक्रममा बुटवल जेसीजका अध्यक्ष यम प्रसाद तिवारी,राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश ५ सदस्य साबित्रा घिमीरे ,रेडियो मुक्तिका स्टेशन प्रमुख कल्पना तिवारी बुटवल महिला जेसीजका अध्यक्ष जेसी राधिका पोख्रेल,महासचिव जेसी लक्ष्मी थापा,कार्यक्रमका संयोजक जेसी राजश्री गौतम, जेसी संगीता ढकाल लगायतका बक्ताहरुले लैङ्गिक हिंसा अन्त्य गर्नका लागि साझा प्रयासको आवश्यकता रहेको जोड दिएका थिए । कार्यक्रममा बुटवल महिला जेसीजका निवर्तमान अध्यक्ष जेसी रुपा पाण्डे पूर्व अध्यक्षहरु ज्ञानधरा पन्थ ओमी पुन राजुदेवी खनाल, उर्मीला श्रेष्ठ लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरुकोसहभागिता रहेको थियो ।