काठमाडौं । सरकारमा सहभागिताको विषयमा नेकपा (एकीकृत समाजवादी)को असन्तुष्टि बढेको छ ।सो पार्टीको अहिले स्थायी कमिटी बैठक बसिरहेको छ । यसअघि बुधबार बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मन्त्रालयको टुंगो लगाएको थियो ।त्यसमा पाँच मन्त्रालय र एक राज्यमन्त्रीमा दाबी गरेको नेकपा एसलाई चार मन्त्रालय मात्रै दिने तयारी गरिएपछि असन्तुष्टि जनाएको हो ।
त्यसैले बिहीबार हुने भनिएको शपथ ग्रहण हुन सकेन । बिहीबार बसेको बैठकमा नेकपा एसले चार मन्त्रालयमात्रै दिने भए प्रदेश एक र वाग्मती प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको एक नेताले जानकारी दिए ।
बिहीबारको बैठकले शुक्रबार शपथ ग्रहण गराउने तयारी गरेको एक नेताले जानकारी गराए ।