कार ठक्करबाट मंगलबार निधन समिर मानन्धरको शव नेपाल पठाउन ३० हजार डलर भन्दा बढी रकम संकलन

प्रकाशित मिति:

डार्विन शहरको नोमाहमा कारको ठक्करबाट मंगलबार निधन भएका २२ वर्षिय समिर मानन्धरको शव नेपाल पठाउनका लागि तिन घण्टामै ३० हजार डलर भन्दा बढी रकम संकलन भएको छ । नेपलीज एशोसियसन अफ नर्दन टेरिटोरी ((NANT) र गैर आवासिय नेपाली संघ नर्दन टेरिटोरीले संयुक्त रुपमा सहयोगको अपिल गरेको थियो। २५००० डलर को लक्ष सहित ३ दिन को समय राखी सामाजिक संजालमा अपिल गरिएको भएता पनि, अपिलको एक घण्टामै १० हजार डलर र दुइ घण्टापछि २५ हजार डलर संकलन भएको र तेस्रो घण्टा सम्म आइ पुग्दा ३० हजार भन्दा बढी रकम जम्मा भइसकेको गैर आवासिय नेपाली संघका नर्दन टेरिटोरी संयोजक विष्णु चापागाइले जानकारी दिनुभयो । सहयोग उपलब्ध गराउने सबैलाई धन्यवाद दिदै चापागाइले, यत्ति छोटो समयमै पैसा उठ्नु भनेको एक नेपालीलाई दुख पर्दा नर्दन टेरिटोरीका नेपालीहरु कत्तिसम्म एकजुट हुन्छन् भन्ने समेत उदाहरण भएको अभिब्यक्ति दिए।

NANT Social Welfare comity का संयोजक बाबुराम भट्टराईलाइ रकम जम्मा गर्ने देखि शवलाइ नेपाल पठाउने सम्मको जिम्मा दियिएको थियो। उनि भन्छन, नेपाली समुदायले देखाएको उदारताको कारण छोटो समयमानै यति ठुलो रकम जम्मा गर्न सफल भएको र सहयोग गर्ने सम्पूर्णलाई हृदय देखिनै धन्यबाद दिन्छौ हामीले सुचना जारी गरेर अब सहयोग चाहिदैन भन्दा पनि पैसा जम्मा गरेको स्क्रिन सट पठाउने क्रम आज सम्म पनि रोकिएको छैन। उठेको रकमको सहि हिसाब किताब सहित समीरको परिवारलाई हस्तान्तरण गर्न  NANT र NRNA-NT संग छलफल कार्य आगाडी बढेको छ।

 

समिर मानन्धर शव नेपाल पठाउन लाग्ने १४४९२ डलर तिरी सकेको र शव नेपाल पठाउन सम्पूर्ण कार्य सम्पन्न भइ सकेको जानकारी  NANT अध्यक्ष युवराज पन्तले पुराखबरलाइ जानकारी दिए। इन्सोरेन्सबाट समेत रकम निकासाको तयारी भइरहेको, यदी इन्सोरेन्सबाट पैसा आएमा संकलन भएको रकम सहित समिरको परिवारलाई हस्तान्तरण गरिने र समीरको आत्माको शान्तिको लागि दीप प्रज्वलन कार्यक्रमको आयोजना गर्ने जानकारी समेत उनले दिए।

मोटरसाइकलमा सवार २२ वर्षिय युवकलाई डार्बिनबाट ४० किलोमिटर पर नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा कारले ठक्कर दिएको थियो । गम्भिर चोट लागेको युवकको केही समयपछि नै निधन भएको हो । उनलाई ७४ वर्षिय पुरुष चालकले गुडाएको कारले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिआर भिषामा रहेका मानन्धर साथीसंग दुइ छुट्टा छुट्टै मोटरसाइकलमा घुम्न गएका बेला दुर्घटनामा भएको थियो ।पुराखबर टिम संगै सम्पूर्ण नेपाली समुदाय समीरको आत्माको शान्तिको लागि प्राथना गर्दछ।