बुटवलमा सवालाख पार्थिव शिवलिङ्ग पुजन हुने

प्रकाशित मिति:

बुटवल,  बुटवलमा सवालाख पार्थिव शिवलिङ्ग पुजन हुने भएको छ । वुटवल ७ दिपनगरमा रहेको नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रमको आयोजनामा मंसिर २६ गतेदेखि पौष ८ गते सम्म सञ्चालन हुने शिव पुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञमा पार्थिव शिवलिङ्ग पुजन हुने भएको आयोजकले आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

आफ्नै हातबाट माटोको शिवलिङ्ग बनाई आफैले पुजन गर्न सकिने महायज्ञ बुटवलमा पहिलो पटक भएको यज्ञ मुल आयोजक समितिका संह –अध्यक्ष चुडामणी पौडेलले जानकारी दिनु भएको छ । महायज्ञमा भक्तजनले १११ शिवनाम लेखि पुजा गर्न सक्ने उँहाले बताउँनु भएको छ । प्रत्येक वर्ष धामले आयोजना गर्दै आएको महायज्ञ यो वर्ष १० औं पटक भएकाले अरु वर्षको भन्दा महायज्ञ फरक हुने आयोजकले दाबी गरेको छ । महायज्ञले अब आउने पुस्तालाई आध्यात्मिक ज्ञानको महत्व बुझाउनको लागि महत्वपूर्ण भुमिका खेल्ने सह–अध्यक्ष पौडेलले बताउँनु भएको छ । धामले एस ई ई सम्म संस्कृत भाषामा पाठशाला सञ्चालन गरेको सन्तोषीमाता गुरुकुल विद्याश्रमका महासचिब हिमप्रसाद भुर्तेलले जानकारी दिनु भएको छ ।

अहिले ५० विद्यार्थी ७ शिक्षक रहेको पाठशालामा स्थानीयको सहयोग र महायज्ञमा आउने मुठी दानबाट नै पाठशाला सञ्चालन गरिएको उँहाले बताउँनु भएको छ । राज्य र स्थानीय सरकारबाट समेत कुनै सहयोग अहिले सम्म आउँन नसकेको उँहाले बताउँदै भक्तजनले दिन स्वतः स्फुत दानबाट नै धाम सञ्चालन गरिएको बताउानु भएको छ । धामका आजिवन सदस्य खेमराज रेग्मीले धार्मिक पर्यटन क्षेत्रको रुपमा धामलाई विकासको आवस्यकता रहेको बताउँनु भएको छ । संस्कृत पठाई हुने गुरुकुलमा सरकारले सहयोग नगर्नु दुखत भएको उँहाले बताउँनु भयो । नीलकण्ठ बाबाधाम तथा सन्तोषीमाता गुरुकुल विद्याश्रमका अध्यक्ष देवमाया भट्टराईको अध्यक्षतमा भएको पत्रकार सम्मेलनमा महायज्ञको मुल कथा बाचक आचार्य विष्णु ज्ञवाली रहनु भएको छ ।