नीति निर्माणको थलोमा महिला जनप्रतिनिधी

प्रकाशित मिति:

भन्छन् महिला र उत्पिडितका समस्यामा एक ठाउँ छौं
सन्जु पौडेल ,

महिलाको आरक्षण कोटाबाटै भएकी प्रदेश ५ की सांसद निर्मला क्षेत्री आफुले महिलाका विषय उठान प्राथमिकतामै पारेको बताउँछिन् , ‘सोही अनुरुप सदनमा पनि तीनै विषय उठान गरिन्छ ’ भन्छिन् ‘कार्यान्वयनको पक्ष त कानुन बनाउनै पाईएछैन तर महिला सांसदहरुका बीचमा छलफल गर्छौं ।’ अहिलेसम्म प्रदेश ५ मा २८ वटा संसद बैठक बस्यो । विषयगत छलफलहरु हुने गर्छन् तर कानून निर्माण गर्नका लागि छलफल भने नगरिएको क्षेत्रीको गुनासो छ । त्यसो त महिलाका अधिकारको व्यवस्थाका बारेमा महिला सांसदहरु आफैमा पनि छलफल कम भएको छ क्षेत्री भन्छिन् ‘अब सदनमा सहभागी महिला सांसदहरु टाढाटाढाको पनि हुने भएकाले वहाँहरुसंगै पनि अलि बढी झ्याम्मिएको र छलफल गर्न पाएको अवस्था छैन ।’ प्रदेश ५ तराई, पहाड र हिमाल मिसिएको भएर होला यो प्रदेशमा महिलाका समस्याहरु पनि त्यसै अनुसार मिश्रित रहेको बताउने सांसद क्षेत्री मिडियाकै तर्फबाट पनि कति ईस्यु उठाउनुपर्नेमा जोड दिन्छिन् । त्यसका अलावा आफुहरु अहिले सदन चलेपछि सामान्य छलफल चलाएको भए पनि गाउँगाउँ पुगेर कुराहरु उठाउन नसकेको स्विकार्छिन् । गाउँघरमा हिंसा सहेर बसेका महिलाहरु आफैले आफ्ना बारेमा बोल्न सक्ने अवस्था नभएका बताउने उनले खादा, माला, टिकाको कार्यक्रममा मात्र परिवर्तन नभेट्ने बताउँछिन् भन्छिन् ‘ जब ती पिडीत र जितेर पठाएकाको आवाज उठान गर्न र कार्यान्वयन गर्न सक्छु त्यतीबेला बल्ल परिर्वतन भएछ जस्तो महशुस हुनेछ ।’ गाउँ समाजमा पुग्दा जनताका समस्या समाधानले नभेटेको देख्दा गर्न धेरै बाँकी रहेको बताउने सांसद क्षेत्री भोट दिएर जिताएकाहरुको आशा पुरा गर्न सक्रिय हुनुपर्ने बताउँछिन् । निर्मला पन्तको बलात्कार पछि भएको हत्याका बिषयमा निर्मला हत्या प्रकरण भएपछि सदन नै नबसेको कारण संसदमो आवाज उठाउन नपाएकोले सरकारले सदनहरु चल्न शुरु गराउने छलफल गर्ने कार्यान्वयन गर्ने कुरामा जोड दिन्छिन् ।
कानून निर्माणको तहमा रहेकाले कानूनिर्माण भएपछि हामीले जितेका खास मुद्धा महिला तथा पछाडि पारिएका विषय उठान पर्ने धारण राख्ने सांसद बिमला पन्थी कानून निर्माणको प्रकृया सकेपछि कस्ता कानून आउँछन् ती कानूनमा महिलाका विषय कार्यान्वयन गर्ने कुरामा सक्रियता जनाउने प्रतिवद्धता व्याक्त गर्छिन । ‘हामीले माग गर्नुपर्छ माग गरेपछि सुनुवाई त भईहाल्छ ।’ उनी थप्छिन् ‘ म आफै सामाजिक कार्यमा र राजनितीक यात्रामा धेरै नै संर्घष गरेकाले महिलाका विषय त उठान गर्ने नै हो ।’ उनी पनि संसद नै केही समय मात्र चलेकाले त्यसरी उठाउन नसकिएको तर्क दिन्छिन् । उनी आफूले पाएको अधिकारको प्रयोग गरी जनताको चाहना अनुसारको कार्य गर्नुपर्नेमा जोड दिन्छिन । समाजमा महिला अधिकारका सवालमा समाजका महिलाहरुले क्षमता अभिवृद्धिका तालिम, कार्यक्रमहरु संचालन गर्ने कुरा बताउँछिन् ।
सांसद दीपा बि।क पनि कानून निर्माण मन्त्रालयले गर्ने भएकाले ती कानून आएपछि कार्यान्वयन गर्ने समयमा सकृयता बढी देखाउने बताउँछिन् । महिला मात्र नभएर अन्य उत्पीडित वर्गका कुरा उठान पर्ने बि।क को तर्क छ । संसदमा दलगत उपस्थिति भए पनि महिला तथा उत्पीडनमा परेकाहरुको मुद्धा चांही दलगत नभई महिला सभासदहरुले छलफल गर्ने गरेको र गर्नुपर्ने उनको धारणा छ । महिला र उत्पीडनमा परेका अन्य समुदायका मुद्धालाई उठान गरेर समाधान गर्नुपर्ने बताउँछिन् । आफुहरु जनताका अपेक्षा बोकेर आएकोले त्यसको कार्यान्वयन गर्नेतर्फ आवाज उठाउने उनी बताउँछिन् । उनी भोट दिएर पठाएका जनताको अपेक्षा कानूनमा लिपिबद्ध गरिएका कुरा कार्यान्वयन गराउन कडा पहल गर्ने र कानून सर्वसाधारणलाई हित हुने खालका बनाउन पर्नेमा जोड दिन्छिन् ।
मुस्लिम समुदायको प्रतिनिधित्व गरेर संसदमा पुगेकी सांसद फौजिया मुसलमान आफु मुस्लिम समुदायको एउटा दायरा घरभित्रै बस्ने प्रवृतिको अन्त्य गरेर बाहिर निस्कन सफल हुनुलाई नै ठुलो उपलब्धी मान्छिन् । उनी पछिल्ला परिवर्तनहरुले महिलाहरुले बाहिर निस्कन पाउने वातावरण सृजना भएको बताउँछिन् । उनी जस्ता महिलाहरु जनप्रतिनिधीको रुपमा आउँदा आफ्नो समुदायमा प्रभाव परेकै छ नै अन्य समुदायका महिलाहरुले पनि तपाई सरह बाहिर निस्केर काम गर्ने अवसरका लागि त्यस्ता कार्यक्रम ल्याउन पहल गर्नको लागि आग्रह गरको अनुभव सुनाउँछिन् । उनी सदनमा बोल्ने कुरामा त्यो अवसर प्राप्त भएको ले संसदमां मुश्लिम समुदायका विषय उठान गरिरहेको र अब सदन चल्न शुरु गरेपछि अझ बढी छलफल र कार्यान्वयनको पक्षमा जोड दिने गरी आवाज उठाउने बताउँछिन् । उनी भन्छिन् ‘जसरी म बाहिर आएं धेरै सिकें जाने र गर्ने स्थानमा पुगें त्यस्तै सम्पूर्ण घरघरका महिलाहरु अघि बढ्नुपर्छ भन्ने चाहना पुरा गर्ने तर्फ मेरो यात्रा रहन्छ । स्पष्ट निती निर्माण गरी काम गर्ने हो । भोट दिएर पठाउने तमाम जनताको अपेक्षा र आशा पुरा गर्ने कोशिस गर्ने मै छु ।’

समग्र सबैको धारणा कानून आउंछ । आएपछि ऐन थपघटको कुरा र कार्यान्वयन गर्ने कुरामा जोड दिने । महिला सांसदहरुको र सबैको अभ्यास नयां भएकाले तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम चाहिन्छन् । महिला सभासदले उठाउने विषय महिला र पछाडि परेका वर्गहरुकै हो ।थप के छ भने हिंसाका कुराहरु छन् । हिंसाका हरेक विषयमा आवाज उठाउन महिला सभासद एक भउर लाग्ने बताउंछन् ।