सुरु भयो नेपालबाट मनसुन बाहिरिने क्रम

प्रकाशित मिति:

काठमाडौं । औसतभन्दा केही पछिसम्म रहेको मनसुन बाहिरिन सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू–भाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ ।

अन्य प्रदेशबाट केही दिनमा बाहिरिने विभागले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्षको मनसुन औसत समयभन्दा केही पछाडि सरेको छ ।