विपीको प्रजातान्त्रीक समाजवाद वाट प्रेरीत भएर कांग्रेसमा लागे : उमा शाह

प्रकाशित मिति:

अमेरीकामा रहेर विभिन्न समाजीक सेवामा कृयाशील नेपाली कांग्रेसकी नेतृ तथा नेपाली जन सम्पर्क समीती अमेरीकाको सल्लाहाकार उमा शाह संग सममामयीक विषयमा गरीएको कुराकानी

नेपाली काग्रेसको राजनीतीमा कसरी प्रवेश गर्नु भयो ?

विपीको प्रजातान्त्रीक समाजवाद वाट प्रेरीत हुदै प्रजातान्त्रीक समाजवादवाट देशको परीवर्तन सम्भव छ भन्ने महशुस गरेर पार्टीमा लागेकी हु पार्टीमा लागेसंगै नेपाली काग्रेंसका पुर्व पार्टी सभापती शुशील कोईरालाको प्रेरणावाट नेपाली कांग्रेसको राजनीतीमा सकृय रुपमा लागीरहेको छु । लखनाउ विश्वविद्यालयवाट अग्रेजी साहीत्यमा एम ए गरेपछी मैले पेशागत रुपमा २२ वर्ष सम्म प्रध्यापन पेसामा काम गर्ने अवसर पाए । प्रध्यापन गर्ने क्रममा प्रजातान्त्रीक प्रध्यापक संघमा विभिन्न पदमा रहेर धैरै समय काम गर्ने अवसरपनी प्राप्त गरेकी थिए । त्यसपछी नेपाली कांग्रेस वाकेको २ वर्ष सम्म जिल्ला सचीवमा रहेर काम गर्ने अवसर प्राप्त गरे त्यस्तै नेपाल महीला संघको केन्द्रीय सदस्य, राष्टीय महीला आयोगको प्रथम सदस्य भएर काम गर्ने अवसर पनी प्राप्त गरे । यस्तै म स्व शुशील कोईरालाको सानिध्यमा रहेर काम गर्ने अवसरपनी पाए ।२०५६ सालको आम निर्वाचनमा शुशील कोईरालाको निर्वाचन प्रचार प्रसार समीतीको संयोजकको जिम्मेवारी लिएर काम गर्ने अवसर पाएकी थिए ।
अन्य संस्थाहरुमा पनी आवद्य पनी हुनु भयो की ?

म नेतृत्व विकास संगै वहुआयामीक व्यक्तीत्व निमार्ण गर्न सहयोगी संस्था जेसीसमा रहेर अभियानमा पनी सहभागी भएर काम गर्ने अवसर पाए । नेपालगन्ज जेसीजको स्थापना पनी हामीलेनै गरेका हौ । जापानमा भएको जेसीआईको अन्तराष्टीय सम्मेलनमा म नेपाल जेसीजेको तर्फ वाट प्रतिनिधीत्व गर्ने अवसर पाएको थिए । त्यस्तै मेरो भिनाजुको स्मृतीमा हामीले ट्रस्टको स्थापना गरेका छौ त्यस मार्फत खेलक्षेत्रमा योगदान पुर्याउने काम गरीरहेका छौ ।

नेपालमा राजनीती गर्दा गर्दै कीन अमेरीका लाग्नु भयो ?

म नेपालमा वसेर राजनीती गर्ने रहर थियो ।राजनीतीमा विभिन्न तहमा रहेर काम गर्दै वांकेको जिल्ला सचीव पनी भएकी थिए । नेपालमा भएका परीवर्तनका आन्दोलनमा म सकृय सहभागी भएकी थिए २०६२,६३ को जनआन्दोलनमा पनी सकृय सहभागी हुने अवसर प्राप्त गरेकी थिए राजनीती अगाडी वढीरहेको थियो तर पनी म अमेरीका जान वाध्य भए । त्तकालीन क्षेत्रीय सभापती मेरो भिनाजु शंकर वहादुर शाह लाई तत्कालीन नेकपा माओवादीले हत्या गरेपछी मलाई राजनीतीमा नलाग्न परीवारीक दवाव थियो । आन्दोलन सकीएपछी माओवादी शान्ती प्रकृयामा आईसकेपछी हामीले न्याय नपाएको महशुस गर्यो त्यो कुरा हाम्रो परीवारमा खड्की रह्र्यो न्यायको अनुभुती नपाउन अवस्था आयो । त्यसपछी म २००६ जुलाईमा अमेरीका आए अमेरीकामा आएपछी मेरा सर्घषका दिनहरु शुरु भए । म राजनीती प्राणी भएकाले अमेरीकामा आएर पनी राजनीतीक कार्यक्रमहरुमा सकृय सहभागी हुने गरेकी छु । जनसम्पर्क समीती अमेरीकाको ७ वर्षदेखि सल्लाहाकारको रुपमा काम गरेकी छु भने विभिन्न सामाजीक कृयाकलापमा पनी सहभागी हुदै आएकी छु ।
अन्यमा

म एउटा राजनीतीक प्राणी हु त्यसैले जहां गए पनी राजनीतीमा लाग्ने रहर हुदो रहेछ अव फेरी नेपालमै गएर राजनीतीमा सकृय हुने ईच्छा रहेको छ । नेपालमा अहिलेको दुई तिहाईको वामपन्थीको सरकारको गती हेर्दा दिक्क लाग्दो छ यस्तो अवस्थामा प्रतिपक्षको भुमीका प्रभावकारी हुन आवश्यक रहेको छ । हामी प्रवासमा रहेका हरु मीलेर वस्न जरुरी रहेको छ । जनसम्पर्क समीतीमा पार्टीको विभाजन र भगडाको देखा देखिरहेको छ यसलाई मीलाउने तर्फ पार्टीले गम्भीर भएर सोच्ने वेला आएको छ । हामी सवै मीलेर मात्र काग्रेस वलीयो हुन सक्छ त्यसैले वलीयो काग्रेस निमार्णका लागी हामीले आफ्नो ठाउंवाट सवैले योगदान पुर्याउन आग्रह गर्दछु ।