महिला हिंसा बिरुद्धमा सोंचमा परिवर्तन जरुरी

२२ मंसिर २०७५, शनिबार ०   बिचार / प्रतिक्रिया
14 Shares


रुपन्देही र अर्घाखाँचीमा शुक्रबार मात्रै २ जान नाबालिका बलात्कृत भएको खबर आयो । सुन्दा पनि कल्पना गर्न नसकिने असामान्य घटना हाम्रा लागि अब नौलो भने होइनन् । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको बिषयलाई लिएर अहिले चौतर्फी बिरोध र आलोचना भएका बेलामा यस्ता घटना घट्नुले अझै पनि अपराधबाट डराउने अथवा अपराध गर्नबाट डराउने संस्कारको बिकाश नभएको कुरा स्पष्ट हुन्छ । सामाजिक र कानुनी रुपमा दण्डनीय र निन्दनीय भएका यस्ता गतिबिधिलाई जति सदन, सडकहरुमा उठाइएको छ त्यसलाई त्यही अनुरुप घटना घट्ने कुरामा कमि नआउँदा पछिल्ला समयहरु झनै भयाभह हुने अबस्था छ । निर्मला पन्त जस्तै धेरै बालिका तथा किशोरीहरु बलात्कृत भएका छन् त छन् नै त्यसमा अबोध नाबालिका समेत यसको शिकार हुनुले अब छोरीहरु कसरी सुरक्षित हुन सक्लान् भन्ने कुरामा बहस समुदाय सम्मै चलाउनु पर्ने भएको छ । यस्ता घटनामा राज्यले कडा कानुनको बनाउनु पर्ने कुरा त छँदै छ , हाम्रा दैनिक बानी व्यवहार, चाल चलन, भावना , उत्तेजना, संवेग, आवेग,प्रेम, आर्कषण लगायतका दृष्टिकोणहरुमा ख्याल गर्न जरुरी देखिन्छ । कुनै पनि घटनामा संलग्न हुने कोही दोषी त छ नै त्यसको जड पत्ता लाउन कोशिष नगर्ने र त्यसलाई प्रत्यक्ष परोक्ष प्रसय दिने हाम्रा गतिबिधिहरु पनि बाधक छन् । अर्को तिर हामी कुनै पनि मुद्धा प्रति व्याक्ति प्रदद्ध भएर एकोहोरो खनिने तर त्यसको समर्ग प्रवृद्धि र प्रणाली प्रति बेखबर रहँदा पनि यस्ता कुराहरु समस्या मै रहँदै आएका छन् । यसलाई सामान्य उदाहरणमो रुपमा हेर्दा निर्मला पन्तको बलात्कार पछि हत्या भए पछि कति धेरै घटनाहरु घटे , त्यसको लेखाजोखा राख्न र तिनलाई न्याय दिनको लागि हाम्रा सक्रियता कमै भए किनकी हामीहरु कसैले उठाई दिएको र उचाली दिएको एकाध मुद्धामा जोसियोैं तर त्यस्तै प्रकृतिका अन्य मुद्धामा सुस्तायौं जुन कमजोरीको फाइदा उठाउनेहरु अपराध गरेरै रहे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • कच्चा तेल तथा पेट्रोलियमको उत्पादनमा अमेरिकाको नयाँ कीर्तिमान
  • अमेरिका र उत्तर कोरियाबीच चाँडै वार्ता हुने विश्वास
  • रवि लामिछानेको समर्थनमा बुटवलमा भब्य प्रदर्शन, हजारौंको उपस्थिति
  • लुम्बिनी भ्रमण वर्ष सफल बनाउन बुटवलमा सडक खाना महोत्सव हुने
  • ‘ग्रिनल्याण्ड’ किन्ने कुरा नमिले पछि अमेरिकी राष्ट्रपति ट्रम्पको डेनमार्क भ्रमण…
  • ‘बादशाह जुट’ को अफिसियल रिलिज डेट र पोस्टर सार्वजनिक
  • कृर्षिजन्य बस्तुको आयातमा नियमन र नियन्त्रण गर्नुपर्नेमा जोड
  • रवि लामिछानेको रिहाईको माग गर्दै देशभर प्रदर्शन : वुटवलमा उर्लियो…
  • भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छौ…
  • कारबाहीको माग गर्दै स्थानियद्वारा मणिमुकुन्द सेन उद्यानमा प्रदर्शन