इन्जिनियर सरकारका प्रविधिक सल्लाहकार : भौतिक पुर्वाधार मन्त्री कुमार खड्का

प्रकाशित मिति:

पोखरा , २३ असोज । लोकतान्त्रिक ईन्जिनियरहरुको साझा संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर नेपाल नेपाल ९सिडेन कास्की० को आयोजनामा उम्मेदवार परिचय तथा विजयादशमी , दिपावली , छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पोखरा १२ कार्की डाँडामा वनभोज कार्यक्रमका विच नेपाल ईन्जिनियर्स एशोसिएसन ९एन।इ।ए०को निवार्चनमा लोकतान्त्रिक समुहका उम्मेदवारहरुको परिचय परिचय सहित सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पुर्वाधार , शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले गण्डकी प्रदेशमा सघर्ष गर्न सक्ने दक्ष प्रविधिकको अभाब भएको बताउनु भयो । इन्जिनियर भनेका सरकारका प्रविधिक सल्लाहाकार भएको बताउदै गण्डकी प्रदेश सरकार प्राविधिकको सल्लाह सुन्न र सोही अनुसार काम गर्न सधै तयार रहेको बताउनु भयो । उहाँले लोकतान्त्रिक इन्जिनियरहरुलाई विदेश पलायनको बाटो होइन देशमै आफ्नो दक्षता बढाउदै सर्घष गर्न आग्रह गर्नु भयो । आसन्न नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावमा सबै तहमा सिडेनको विजयीको शुभकामना दिनुभयो ।

नेपाली काग्रेसका कास्कीका सभापति कृष्ण केसीले पार्टीको तर्फबाट लोकतान्त्रिक प्यानललाई विजय गराउन सबै पार्टीका सबै संयन्त्र लागि पर्ने र अन्य जिल्लामा पनि समन्वय गर्ने प्रतिवद्घता गर्नु भयो । कार्यक्रममा योजना आयोगका पुवए उपाध्यक्ष जगदिश चन्द्र पोख्रेल , पालुङटार नगरपालिका गोर्खाका मेयर ई। दिपक बाबु कंडेल, सिडेनको तर्फबाट एन।इ।ए अध्यक्ष पदका उम्मेदवार ई ।हरि बहादुर दर्लामी , केन्द्रिय सदस्य पदका उम्मेदवार ई। सागर भट्टराई, एन।इ।ए गण्डकी प्रदेशका सस्थापक अध्यक्ष ई। रमेश वास्तोला , सिडेन गण्डकी प्रदेश सभापति ई ।सुरेन्द्र पाण्डे , तनहुँ सिडेनका अध्यक्ष ई। तारापती भट्टराई लगाएतले शुभकामना राख्नुभयो । कार्यक्रमको समापन गर्दै सिडेन कास्कीका अध्यक्ष ई। शिरश कुमार बास्तोलाले इन्जिनियर हरुलाई देश निर्माण सभगिता गराउनु पर्नेमा जोड दिदै कांग्रेसको नेतृत्व तह देखि कार्यकरी समितीहरुमा प्रतिनिधित्व गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा स्वागत सिडेन कास्की उपसभापती ई पुसोतम पगेनी र सन्चालन सिडेन कास्की सचिब ई सागर कार्कीले गरेका थिए ।