नेकपा बिवाद : सचिवालयका चार सदस्यले बैठक बहिस्कार गरे

प्रकाशित मिति:

काठमाडौँ मंसिर २३ – नेकपामा केही दिन देखी देखिएको आन्तरिक बिवाद चुलिँदा बैठक बहिस्कार सम्म पुगेको छ । । खास गरि पार्टीको सांगठनिक एकीकरणलाई लिएर शुरु भएको नेपाल कम्युनिष्ट पार्टीको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको छ । शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी भएनन् । उनीहरुले अध्यक्ष के.पी ओलीको कार्यशैली प्रति नै चर्को आलोचना गरेका छन् । बैठक स्थलमा पुगेका उनीहरु अध्यक्ष द्धय र महासचिबलाई आधा घण्टा कुर्दा पनि नफर्किए पछि बहिस्कार गरेरै बाहिरिए । पार्टीमा सरसल्लाह नै नगर्ने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष के.पी ओलीको प्रवृत्ति र ओलीको त्यो प्रवृत्तिमा चुपचाप रहने अर्का अध्यक्ष प्रचण्डको शैलीले सचिवालय सम्मै बिवाद पुगेको उनीहरुको ठहर छ ।