प्रधानन्यायाधीशलाई व्यंग्य गर्दै नेम्वाङले भने- पाँच दलको गठबन्धनमा छैटौं थपियो

प्रकाशित मिति:

नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएका गजेन्द्र हमालले राजीनामा दिएकाले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे ।

‘होइन अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौँ पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो,’ उनले भने, ‘भनेपछि त्यो कुरा त साँच्चै रहेछ, यस्ता यस्ता इस्युहरू उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजले व्यापक छलफल गर्नुपर्छ ।’