रुपन्देहीको गैडहवामा ४ सय १५ जनाले पाए गाउब्लक जग्गाको जग्गाधनी पुर्जा

प्रकाशित मिति:

२५ असोज,गैडहवा- रुपन्देहीको गैडहवामा ४ सय १५ जनाले सोमवार गाउब्लक जग्गाधनी पुर्जा प्राप्त गरेका छन । बि।सं। २०२१ देखि २०२७ साल सम्म नापी गर्दा घरवासको नाम रहेका जग्गा नाप नक्सांकन गर्न बाकी जग्गाहरुलाई गाउब्लकको रुपमा पुन नाप नक्सांकन गरी उक्त जग्गाधनी पुर्जा प्रदान गरिएको हो ।
गाउब्लक जग्गाको जग्गाधनी पुर्जा बितरण गर्दै गैडहवा गाउपालिकाका अध्यक्ष बच्चुलाल केवटले बर्षौं देखि गाउब्लकको रुपमा बसोबास गर्दै आएका तर आवास क्षेत्रको नाममा नापी नभएका गैडहवावासीहरु बिस्तारै कानुनी रुपमै जग्गाधनी बन्ने बताउनु भयो ।

निर्वाचित जनप्रतिनीधिहरुको हरेक दृष्टि दुरदराजका गाउहरुको बिकास गर्ने जनताको सेवामा समर्पित हुने रहेको भन्दै अध्यक्ष केवटले समृद्ध गैडहवा बनाउन गैडहवावासीको महत्वपुर्ण साथ रहदै आएको समेत बताउनु भयो । गैडहवामा अझैपनि धेरैको संख्यामा गाउब्लक जग्गा भएको ती क्षेत्रहरुको समेत पुन नाप नकसांकन गरी छिटै नै जग्गाधनी पुर्जा उपलब्ध गराउन गाउपालिका नापी कार्यलयसंग समन्वय गरिरहेको भन्दै अध्यक्ष क्षेत्रीले करिब ३ हजार भन्दा बढी भुमिहिन दलित,भुमिहिन सुकुमवासी र अव्यबस्थित बसोवासीहरु भएको उनिहरुको लगत संकलन कार्य सम्पन्न भई आयेगमा सुचिकरण भैसकेको समेत जानकारी दिनु भयो ।
कार्यक्रममा जनता समाजवादी पार्टी रुपन्देही जिल्ला समिति अध्यक्ष राम अवतार यादवले गैडहवाको बिकासमा निर्वाचित जनप्रतिनी र स्थानियहरुको महत्वपुर्ण भुमिका रहेको स्मरण गर्दै गैडहवाको अनुभव अन्य स्थानिय तहले पनि अनुसरण गर्नु पर्ने बताउनु भयो । गैडहवा गाउपालिकालाई समृद्ध बनाउन गैडहवाको पुर्वाधार बिकासमा जोड दिनु पर्ने बताउदै गैडहवामा रहेका सबैलाई गाउब्लक जग्गाहरुको जग्गाधनी पुर्जा छिटो भन्दा छिटो बितरण गर्न नापी कार्यलय,रुपन्देहीका कार्यलय प्रमुख समक्ष आग्रह समेत गर्नु भयो ।

गाउब्लक जग्गाको जग्गाधनी पुर्जा बितरण कार्यक्रमको अध्यक्षता गर्दै जिल्ला नापी कार्यलय,रुपन्देहीका कार्यलय प्रमुख प्रजित कुंवरले गैडहवा सहित रुपन्देही जिल्लामा गाउब्लक जग्गामा बसोबास गरेका १ हजार २४ जना रहेको बताउनु भयो । गाउब्लक जग्गाहरुको नाप नक्सांकन गरी सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने जानकारी दिदै जिल्ला नापी कार्यलय,रुपन्देहीका कार्यलय प्रमुख कुंवरले गाउब्लक जग्गाहरुको नक्सांकन गरी जनताहरुको हातमा पुर्जा बितरण गर्न सम्म सहयोग पुर्याउने नापी कार्यलयका कमैचारी अमिन,सर्बेक्षक,जनप्रतिनीधि र स्थानियहरुलाई धनयवाद ब्यक्त गर्नु भयो ।गैडहवा गाउपालिका वडा नं। ६ का वडा अध्यक्ष रामबेलास यादवले कार्यक्रममा स्वागत गर्दै आफु जनप्रतिनीधि भएकै समयमा गैडहवा वडा नं। ६ मा गाउब्लक जग्गामा बसोवास गर्दै आएका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । वडा नं। ६ मा अंशवण्डा तथा सांध सिमानामा बिवाद भएका गाउब्लक जग्गाहरुको पनि छिटै निरुपण गरी उनिहरुलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने समेत वडा अध्यक्ष यादवले जानकारी दिनु भयो । सिद्धार्थ रिसोर्ट गैडहवा ६ मा सम्पन्न कार्यक्रमको संचालन नापी शाखा,मधवलिया टोली नं। २ का टोली प्रमुख यमप्रसाद पाण्डेले गर्नु भएको थियो।