जि २५ क्लवको अध्यक्षमा निर्मल नेपाल निर्वाचित

प्रकाशित मिति:

बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको जि २५ क्लवको अध्यक्षमा निर्मल नेपाल निर्वाचित हुनुभएको छ । क्लवको सोमबार भएको चौथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले २ वर्षे कार्यकालको लागि निर्विरोध रुपमा नयाँ कार्य समिति चयन गरेको हो ।क्लवको उपाधयक्षमा जगदिश न्यौपाने, महासचिवमा तेजेन्द्र खनाल र सचिवमा किशोर पंगेनी निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा रामराज लामिछाने, जगतबहादुर थापा, मदन पौडेल र भेषराज अर्याल निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक तथा संस्थाका कानुनी सल्लाहकार अधिवक्ता केशवराज पोखरेलले जानकारी दिनुभयो ।

क्लवको अध्यक्ष हुन पदाधिकारी वा सल्लाहकार भईसकेको हुनुपर्ने

जि २५ क्लवको अध्यक्ष हुन अब पदाधिकारी वा सल्लाहकार भएको हुनुपर्ने छ । त्यस्तै एक कार्यकालभन्दा बढी अध्यक्ष हुन पाईने छैन ।बुटवल ११ देवीनगरमा रहेको क्लवको सोमबार देवदहको चरङ्गेमा भएको चौथो वार्षक साधारण सभाले विधान संशोधन प्रस्ताव पारित गर्दै क्लवको अध्यक्ष हुनको लागि कम्तमा एक कार्यकाल पदाधिकारी वा सल्लाहकार भएको हुनुपर्ने वैधानिक व्यवस्था गरेको हो । त्यस्तैगरी एक पटक अध्यक्ष भएको व्यक्ति दोहारिएर फेरि अध्यक्ष हुन नपाउने प्रस्ताव पनि पारित भएको हो । क्लवका अध्यक्ष देवलाल अर्गालीले साधारण सभामा उक्त प्रस्ताव राख्नुभएको थियो ।साधारण सभामा क्लवका संरक्षक, पाल्पाको तिनाउ गाउपालिका वडा नं. ३ का अध्यक्ष तथा नेपाली काँग्रस तिनाउ गाउँपालिकाका सभापति प्रेमप्रसाद पाण्डेले हिजो २५ जना जग्गा व्यवसायीबाट सुरु गरिएको क्लवमा अहिले सबैप्रकारका पेशा व्यवसायकर्मी सहभागी भएको बताउनु भयो । उहाँले आपसी सद्भाव र एकतामा अडिग रहन पनि सबैमा आग्रह गर्नुभयो ।

कार्यक्रममा क्लवका मार्गदर्शक बिमलराज घिमिरे, संस्थापक अध्यक्ष रमेशकुमार जोशी, सल्लाहकार निर्मल नेपाल, सल्लाहकार तथा जेष्ठ सदस्य दिलबहादुर बिक, आजिवन सदस्य तथा उद्यमी मदन पौडेल, उपाध्यक्ष दीपक घिमिरे लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम क्लवका महासचिव जगदिस न्यौपानेको सञ्चालनमा भएको थियो ।कार्यक्रममा अध्यक्ष अर्गालीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्लवले वर्षभरी गरेका कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । अध्यक्ष अर्गालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष सुनिल शाहीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक निरज केसीले प्रतिवेदन पारित भएको छ । क्लवमा आजिवन सदस्य भएका नया सदस्य ४ जनालाई प्रमाणपत्र प्रदान गरिएको थियो । योसंगै अब क्लवमा सदस्य संख्या ७२ पुगेको छ । त्यस्तै ज्येष्ठ सदस्य दिलबहादुर बिक तथा आर्थिक लगायतका सहयोग गर्नेहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।